१४ चैत्र २०८२, शनिबार | March 28, 2026

छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु



काठमाडौं । धादिङ, डोटी, चितवन र धनुषमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।

धादिङको निलकण्ठ नगरपालिका-८ मा बा.५ ख ७०७३ नम्बरको गाडीले बागमती प्रदेश ०२-०९३ प ३३९४ नम्बरको मोटरसाइकललाई सोमबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक निलकण्ठ नगरपालिका-७ बस्ने २९ वर्षीय अर्जुन पोखरेल रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

डोटीको पुर्वीचौकी गाउँपालिका-४ कोईरीमा सुदूरपश्चिम प्रदेश ०१००२ त ४७९५ नम्बरको ट्रयाक्टरमा जोडीएको ट्रली रोडमा पल्टिँदा सोमबार एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँ बस्ने गोपाल ढोलीको छोरा १४ वर्षीय बिक्रम नेपाली रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य २९ जनामध्ये २५ जनाको जिल्ला अस्पतालमा र ४ जनालाई थप उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको छ ।

धनुषाको जनकपुर उपमहानगरपालिका-२३ लादोबेलामा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ४० वर्षीया शिला देबी दास रहेकी छन् । उनको सोमबार साँझ मृत्यु भएको हो ।

चितवनको भरतपुर महानगरपालिका-५ नयनचोकमा ना.६३ प ९३०३ नम्बरको मोटरसाइकले ना.३८ प ७८७६ नम्बरको स्कुटरलाई सोमबार साँझ ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका-१९ बस्ने २० वर्षीय विशेष दाहाल रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

 

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  १२ : ३७ बजे

पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा

काठमाडौं । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई नेपाल

जुम्लाको तिला गाउँपालिका कुडारीमा आगलागी हुँदा एक जनाको मृत्यु

जुम्ला । जिल्लाको तिला गाउँपालिका–३ स्थित कुडारी बजारको एक घरमा

परराष्ट्रमन्त्री खनाललाई चिनियाँ समकक्षीले दिए बधाई

काठमाडौं । चीनका परराष्ट्रमन्त्री वाङ यीले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री शिशिर

ओली र लेखकको गिरफ्तारी गैरकानुनी रहेको एमालेको ठहर

काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले नेकपा एमालेले अध्यक्ष केपी

प्रधानमन्त्री बालेन्द्रलाई चिनियाँ समकक्षीले दिए बधाई, द्विपक्षीय सहकार्य सुदृढ गर्ने प्रतिबद्धता

काठमाडौं । चीनका प्रधानमन्त्री ली छ्याङले नेपालको प्रधानमन्त्रीमा बालेन्द्र शाह