२८ असार २०८३, आइतबार | July 13, 2026

भरतपुरमा अपडेट : रेनुले बढाइन् मतान्तर, ६०१ मतले अगाडी



काठमाडौं । भरतपुर महानगरपालिकामा जारी मतगणनामा नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले मतान्तर बढाएकी छन् । २२ हजार ६८६ मत गणना हुँदा रेनुले ६०१ मतको अग्रता लिएकी हुन् ।

नेकपा माओवादी केन्द्रकी उम्मेदवार दाहालले ७ हजार ८५७ मत प्राप्त गर्दा नेकपा एमालेबाट मेयर उम्मेदवार विजय सुवेदीले ७ हजार २७६ मत प्राप्त गरेका छन् ।

स्वतन्त्र उम्मदवार जगन्‍नाथ पौडेलले ३ हजार ७३९ मत प्राप्त गरेका छन् ।

उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ८ हजार ४७९ मत प्राप्त गरेका छन् । उनलाई राप्रपा उम्मेदवार हिमला गुरुङले ६ हजार मतका साथ पछ्याइरहेकी छन् । अपहले भरतपुर ६ को मतगणना जारी छ ।

 

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  ११ : ०५ बजे

देशभर वर्षा : विशेष सतर्कता अपनाउन आग्रह

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा आज वर्षा भइरहेको

मोदीखोलाको बाढीले घर, होटल र पुल बगायो, घान्द्रुक सडक अवरुद्ध

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ स्थित किम्रुङ खोलामा आज आएको

लुम्बिनी वास्तु सम्मेलन सातबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका-५, मणिग्राममा आयोजित लुम्बिनी वास्तु सम्मेलन-२०८३

राप्तीमा बेपत्ता एक जनाको शव फेला

नेपालगन्ज । बाँकेको राप्ती नदीको कम्दी खण्डमा पौडी खेल्ने क्रममा

अमेरिकी सिनेटर तथा ट्रम्पका प्रमुख सहयोगी ग्राहमको ७१ वर्षको उमेरमा निधन

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी तथा प्रभावशाली