११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

गोरखा : जसले पाँच वर्षमा पासा पल्टाए अनि जोसँग हारे उसैलाई नै हराए



काठमाडौं । भनिन्छ, ‘बगेको खोला फर्किँदैन । तर, गोरखामा हालसालै नवनिर्वाचित दुई जनप्रतिनिधिले भने पाँच वर्षपछि ‘खोर्ला फर्काएका’ छन् । मतलब, पाँच वर्षअघि आफ्नो पोल्टामा पार्न नसकेको नतिजा पाँच बर्ष पछि ‘पासा पल्टाएर’ झोलीमा हाल्न सफल भएका छन् ।

यी दुई हुन्, गोरखाको धार्चे गाउँपालिकाका र गोरखा नगरपालिकाका नवनिर्वाचित गाउँपालिका अध्यक्ष र नगरप्रमुख अध्यक्ष । अहिले धार्चे गाउँपालिकाको अध्यक्षमा निर्वाचित लक्ष्मण गुरुङ उनै हुन्, जो २०७४ को चुनावमा अध्यक्ष पदमै निकटतम प्रतिस्पर्धी भएर हार व्यहोरे ।

अनि, यो पटक गुरुङका निकटतम प्रतिस्पर्धी भएर हार व्यहोर्ने उनै हुन्, जसले अघिल्लो चुनावमा गुरुङलाई हराए । स्थानीस्य निर्वाचन २०७४ मा कांग्रेसका सन्तबहादुरु गुरुङले लक्ष्मणलाई मात्रै ६८ मतले हराएका थिए । त्यस निर्वाचनमा लक्ष्मण नयाँ शक्ति पार्टीबाट उम्मेद्वार बनेका थिए ।

भर्खरै सम्पन्न निर्वाचनमा भने लक्ष्मणले नेकपा माअ‍ोवादीबाट उम्मेद्वार बने । अनि, अघिल्लो निर्वाचनमा आफूलाई मात्रै ६८ मतले हराउने कांग्रेसका सन्तलाई १ हजार ८०६ मतान्तरले हराए ।

लक्ष्मणले ३ हजार ७७१ मत प्राप्त गरेर विजयी बने भने उनका प्रतिस्पर्धी सन्तले १ हजार ९४५ मत ल्याएर पराजित भए । धार्चेका लक्ष्मणले मात्र हैन, पाँच वर्षअघि आफूलाई हराउनेलाई अहिले हराउने मध्य गोरखा नगरपालिकाका नवनिर्वाचित मेयर कृष्ण रानामगर पनि हुन् ।

संयोग भनौँ, या नियतिको खेल, पाँच वर्ष अघि हारेका माओवादीका कृष्ण रानामगर अहिले जिते, पाँच वर्ष अघि जितेका कांग्रेसका राजनराज पन्त अहिले हारे । अघिल्लो चुनावमा पन्तले ६ हजार ५६० मत ल्याएर जितेका थिए भने उपविजेता बनेका रानाले ५ हजार २६ मत पाएर हारेका थिए । पाँच वर्ष बित्यो रानामगरले पासा पल्टाए । अनि, जित आफ्नो पोल्टामा पारे ।

अन्तत स् नेपाली कांग्रेसका निकटतम प्रतिस्पर्धी तथा निवर्तमान मेयर पन्तलाई हराउँदै गोरखा नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका रानामगर निर्वाचित बनेका छन् । यस गरपालिकामा १४ वटा वडा रहेको छ । तर, रानामगरले १ देखि १३ वटा वडाको नतिजा सार्वजनिक हुँदा नै जितलाई सुनिश्चित गरेका छन् ।

१३ वटा वडाको नतिजा सार्वजनिक हुँदैमा ८ हजार २९५ मतका साथ अग्रता कायम राख्दै जित सुनिश्चित गरेका हुन् । तर, अन्तिम मतपरिणाम भने सार्वजनिक भएको छैन । उपविजेता बनेका पन्तले ६ हजार ४५६ मतका साथ पछ्याउँदै छन् । राना र पन्तको मतान्तर १ हजार ८३९ रहेको छ । वडा न १४ मा १ हजार ४०१ मत गन्न बाँकी छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  १ : १६ बजे

दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ जनशक्ति उत्पादन गर्न आग्रह

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले दक्ष र गुणस्तरीय मात्र

प्रधानमन्त्रीले भोलि इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्ने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भोलि यहाँस्थित युरोपेली सङ्घ (इयू)मा

मन्त्रिपरिषद् बैठक : के के भयो निर्णय ?

काठमाडौं । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका विभिन्न महत्त्वपूर्ण निर्णयहरू

साताको पहिलो दिन नेप्सेमा हरियाली, सूचक २७ अंकले उकालो

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार शेयरबजारमा उत्साह देखिएको

करको दर घटाउन र दायरा बढाउन सरकारसंग उद्योगी–व्यवसायीहरुको माग

बुटवल । रुपन्देहीका उद्योगी व्यवसायीहरुले करको दर घटाउन र दायरा