१५ बैशाख २०८१, शनिबार | April 27, 2024

पाठयपुस्तक समयमै विद्यार्थीको हातमा पुग्छ : शिक्षा सचिव कोईराला



काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव यादवप्रसाद कोईरालाले जेठ ५ गतेभित्र नै सबै विद्यार्थीको हातमा पाठयपुस्तक पुग्ने दाबी गरेका छन् ।

करिव ६ महिनाअघि नै कर्णाली प्रदेशमा पाठयपुस्तक पुगिसकेको र अन्य ठाउँहरुमा भने जेठ ५ गते विद्यार्थीहरुको हातमा पुस्तक पुग्ने बताएका हुन् । उनले वैशाखमा पुस्तक छाप्ने योजना रहेपनि स्थानीय तह सदस्य निर्वाचनका कारण मतपत्र छाप्ने कार्यमा प्राथमिकता दिनुपर्ने भएकोले पुस्तक छपाइ कार्यलाई घटाएको बताए । उनले बीचमा युक्रेनमा भएको युद्धका कारणले सप्लायर्सले कागजसहितका अन्य सामान ल्याउन नसक्नुले पनि केही ढिलो हुन गएको बताए । शिक्षा सचिव कोईरालाले समयमै पाठयपुस्तक सम्बन्धित ठाउँमा पठाइएकोले समयमै सबै विद्यार्थीको हातमा पाठय पुस्तक पुग्ने बताए ।

शिक्षा सचिव कोईरालाले भने, ‘वैशाखमा पुस्तक छाप्ने हाम्रो योजना थियो । वैशाख १ गतेबाट किताव वितरण गर्ने फाइनल स्टेजमा थियौँ । बीचमा युक्रेनमा भएको युद्धका कारणले सप्लायर्सले सामान ल्याउन सकेनन कागजहरु । निजी क्षेत्रले समेत कागजको अभावका कारण छाप्न नसक्ने अवस्था छैन भने । यो सरकारी हो । टेण्डर गरेको हुन्छ । टेण्डर गरेको कारणले सप्लायर्सले सामान नै भेटेन । भेटेका सामानहरु पनि अहिले ५० प्रतिशत मूल्य बढेर भेटियो । त्यो पनि सप्लायर्सले सम्झौता गरेको ठाउँबाट ल्याउन सकेको थिएन । तेस्रो भनेको चुनावको कारणले पनि छाप्न सकिएन । यसमा थोरै मात्रै छाप्न बाँकी रहेको कारणले बिस्तारै गर्ने प्राथमिकता निर्वाचनलाई दियाँै । हामीले ५ गतेबाट कितावहरु वितरण गर्न थाल्नेछौँ । पाठयपुस्तक समयमै सबै ठाउँमा गइसकेको छ । अझै ५/७ दिन मत गणनाको कारणले ढिला हुने देखिन्छ केही स्थानहरुमा । स्थानीय निर्वाचनका कारण केही ढिला भएको जस्तो दखिएको हो तर समयमै सबैको हातमा किताव पुग्छ । स्थानीय तहमा सबै ठाउँमा भोलिबाट पाठयपुस्तक पुग्छ । कर्णालीमा पुगेको नै ६ महिना भइसकेको छ ।’

सरकारले समयमै पाठयपुस्तक छपाइ र वितरण गर्न नसक्दा कक्षा १ देखि माध्यामिक तहसम्मका विद्यार्थीहरुले शैक्षिक सत्र शुरु हुँदासमेत पाठयपुस्तक पाउन सकेका छैनन । विशेष गरी कक्षा ४,७ र ९ को पाठयपुस्तक नयाँ लागू भएको छ । तर समयमा पाठयपुस्तक छाप्न नसक्नु र वितरण गर्न नसकेकोमा शिक्षक र विद्यार्थीहरु पाठयक्रमलाई कसरी अगाडि बढाउने भन्ने अन्योलमा छन । विद्यालयहरुमा पाठयपुस्तक जेठको पहिलो हप्तासम्म पनि नपुग्नु शिक्षामाथि राज्यको हेलचेक्राँइ भएको अध्यापकहरुको बुझाइ छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  ४ : ०३ बजे

नेपालको वेस्ट इन्डिज ए माथि शानदार जित

काठमाडौं । कप्तान रोहित पौडेलको शतकमा नेपालले पहिलो टी२० खेलमा वेष्ट

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित

काठमाडौं । आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो लगानी सम्मेलनका

काठमाडौँ महानगरको कार्यालय समय अब बिहान ९ बजेदेखि

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आजबाट विहान ९ बजेदेखि कार्यालय सञ्चालन

एनआइसी एशियाले गर्यो अर्जुन खनियालाई सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा

काठमाडौ । एनआईसी एशिया बैकका सहायक महाप्रबन्धक अर्जुन राज खनिया

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २०५ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २०५ रनको लक्ष्य