१० भदौ २०८३, बुधबार | August 26, 2026

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले थाल्यो सातवटै प्रदेशमा प्राविधिक शिक्षालय स्थापना गर्ने तयारी



बुटवल । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सातै प्रदेशमा प्राविधिक शिक्षालय स्थापना गर्नका लागि अध्ययन थालेको छ । मन्त्रालयले अध्ययनका क्रममा बुटवल तामनगर स्थित कोरिया नेपाल बहुुप्राविधिक शिक्षालयको शनिबार अवलोकन अध्ययन थालेको छ । अवलोकनका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठको नेतृत्वमा एक टोलि शिक्षालय पुगेको थियो ।

अवलोकनपछि सञ्चारकर्मीहरुसंग प्रतिक्रिया दिँदै मन्त्री श्रेष्ठले सिपयुुक्त जनशक्ति उत्पादनका लागि शिक्षण प्रतिष्ठान स्थापना गर्ने तयारी भइरहेको जानकारी दिए । ‘कोरिया नेपाल बहुुप्राविधिक शिक्षालयको अवलोकनले प्राविधिक जनशक्ति उत्पादनका लागि यस्ता शिक्षालयको आवश्यकतालाई अझ बढि बोध गरायो’ मन्त्री श्रेष्ठले भने –‘कम्तीमा एक हजार विद्यार्थीले आवास सहितको सुविधा पाउने गरि शिक्षालय स्थापनाको आवश्यक प्रक्रिया अघि बढ्छ ।’

मन्त्री श्रेष्ठले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि स्वदेश र विदेशमा सिपयुुक्त प्राविधिक जनशक्ति निर्माण गर्ने योजना अघि सारेको पनि दाबी गरे । उनले आफ्नो मन्त्रालयसँग रोजगारी समेत जोडिएको बताउँदै विदेशमा जाने जनशक्ति समेत सिपयुुक्त हुँदा त्यसले राम्रो अवसर पाउने बताए । मन्त्री श्रेष्ठले आवास सहितको तालिम केन्द्र ७ वटै प्रदेशमा स्थापना गर्ने गरि तयारी भइरहेको जनाउँदै काठमाडौंको भैसीपाटीमा रहेको तालिम केन्द्रलाई समेत अपग्रेड गर्ने तयारी भइरहेको बताए ।

मन्त्रालयका निमित्त सचिव डण्डुुराज घिमिरेले चाहेजति सिप दिन नसकेकाले त्यस्तो जनशक्ति निर्माणका लागि सात वटै प्रदेशमा प्रशिक्षण केन्द्रहरु स्थापनाका लागि अध्ययन अनुसन्धान गर्न कोरिया नेपाल बहुुप्राविधिक शिक्षालयको अवलोकन गरिएको बताए ।
उनले मन्त्रालयले रोजगारीको वातावरण कसरी सृजना गर्ने भन्नेबारेमा आन्तरीक योजना समेत अघि बढाएको बताए ।

उक्त अवसरमा शिक्षालयका उपप्रमुख इञ्जिनियर किरण काफ्लेले डिप्लोमा इन इञ्जिनियरिङ कार्यक्रम अन्र्तगत अटोमोबाईल, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, मेकानिकल र रिग्रेरिशन तथा एयर कन्डिशनका कक्षाहरु सञ्चालनमा रहेको बताए । कोरिया नेपाल बहुुप्राविधिक शिक्षालयमा ८ सय विद्यार्थीहरु अध्ययनरत छन् ।

प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार  १० : २४ बजे

भोटेकोशी बाढी : हालसम्म मृत्युहुनेहरुको संख्या १ सय जना पुग्यो

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार राति २०:३०

भारत सरकारले पठायो १० टन राहत सामग्री

काठमाडौँ । भारत सरकारले रसुवाका बाढी प्रभावितका लागि १० टन

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडा्रैं । भोटेकोसी बाढीको क्षति, खोजी, उद्धार, राहत र पुनर्स्थापनाका

भोटेकोशी बाढी : ९५ जनको मृत्यु भएको पुष्टि, ठुलो संख्यामा सम्पर्क बिहिन

काठमाडौं । रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परि ९५ जनाको मृत्यु

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट