चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र)की उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् ।
आज बिहानसम्म ८८ हजार २८२ मतगणना भएको छ । मेयरमा दाहालले ३४ हजार ६४८ मत पाएकी छन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का विजय सुवेदी सात हजार मतले पछाडि परेका छन् । सुवेदीले २७ हजार ३७० मत पाएका छन् ।
त्यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले पनि मत बढाएका छन् । तेस्रो नम्बरमा रहेका पौडेलले ११ हजार ७२० मत पाएका छन् ।
प्रतिक्रिया