२ चैत्र २०८२, सोमबार | March 16, 2026

अर्घाखाँचीका मतदाताले पत्याएनन् ‘टेष्टेड’ अनुहार



अर्घाखाँची । अर्घाखाँचीमा यसअघिका जनप्रतिनिधि हालैको स्थानीय तहको निर्वाचनमा पराजित भएका छन् । ६ स्थानीय तह रहेको अर्घाखाँचीमा यो निर्वाचनमा दोहोरिएका चार जना उम्मेदवार मतदाताबाट अस्वीकृत भएका हुन् । अर्घाखाँचीमा यो स्थानीय निर्वाचनबाट पालिकाको नेतृत्वमा निर्वाचित भएका सबै नयाँ अनुहार हुन् ।

गत निर्वाचनमा नेपाली कांग्रेसबाट पाणिनी गाउँपालिकाको अध्यक्षमा निर्वाचित अच्युत गौतम र एमालेबाट उपाध्यक्षमा निर्वाचित भई कांग्रेस प्रवेश गरेकी लक्ष्मी गौतमलाई यो पटक नेकपा एमालेका उम्मेदवारले पराजित गरे । पालिका अध्यक्षमा दोहोरिन चाहेका अच्युत र लक्ष्मीलाई एमालेका उम्मेदवार टेकराज न्यौपाने र नर्मदा पौडेलले पराजित गरेका हुन् ।

भूमिकास्थान मेयरमा एक कार्यकाल पुरा गरी एमालेबाट पुनः मेयरको दौडमा रहेका रेशम थापालाई राष्टिय जनमोर्चाका झविलाल थापाले पराजित गर्दा शितगंगा नगरपालिकाका उपमेयरमा माओवादी केन्द्रबाट दोहोरिन चाहेका टिका रेश्मीलाई एमालेका तर्फबाट उम्मेदवार बनेकी टीका भाटले स्तव्ध पारिन् ।

पालिका नेतृत्वमा दोहोरिन चाहेका सबैलाई परास्त गर्दै अर्घाखाँचीमा यो पटक नयाँ अनुहार निर्वाचित भएका छन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  ८ : ५८ बजे

सीके राउतद्वारा संसदीय राजनीतिबाट सन्यास घोषणा

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय राजनीतिबाट सन्यास

सुनको मूल्य सामान्य बढ्यो, चाँदीमा पनि हल्का वृद्धि

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य वृद्धि भएको

रुपन्देहीमा ११ लाख बढीको सामान बरामद

रुपन्देही । जिल्ला प्रहरी कार्यालयले करिब ११ लाखभन्दा बढीको अवैध

ड्रोन घटनापछि दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अस्थायी रूपमा स्थगित

काठमाडौं । दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोनसँग सम्बन्धित एक घटनापछि उडानहरू

लामिछानेविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ हुँदै

काठमाडौं । रवि लामिछाने विरुद्धको मुद्दा फिर्ता प्रकरणसम्बन्धी रिट निवेदनमा