२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

वीरगन्ज महानगरमा जसपाका राजेशमानको अग्रता कायमै



वीरगन्ज । वीरगन्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार नगरप्रमुख पदमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले ३२ हजार १५८ मतसहित अग्रतालाई निरन्तरता दिएका छन् । स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा नेकपा (एमाले)का विजयकुमार सरावगी १६ हजार ८२२ मतसहित दोस्रो स्थानमा छन् ।

महानगरपालिकाका ३२ वडा मध्ये विभिन्न १५ वडाका ६५ हजार ५३३ मत मतगणना सम्पन्न भएको छ । मतणना गर्न लामो समय लाग्ने भएका कारण अन्तिम नतिजा आउन केही दिन लाग्ने छ ।

मधेस प्रदेशको एकमात्र महानगरपालिका नेतृत्वका लागि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)बीच तालमेल बनाएर सिंहलाई उम्मेदवार बनाएको थियो भने नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीचको गठबन्धनबाट निवर्तमान नगरप्रमुख सरावगीलाई उम्मेदवार बनाएको थियो ।

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  ९ : १४ बजे

झापामा १२को परीक्षा दिएर फर्किदै गरेकी छात्रामाथि गोली प्रहार

झापा। झापाको दमक स्थित हिमालय माध्यमिक विद्यालयमा परीक्षा दिएर फर्कदै

महानगरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढीले पाए रोजगारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३०

नेपालमा साइबर अपराधसम्बन्धी कानुन र अभ्यास

आजको डिजिटल युगमा डिजिटल माध्यमको प्रयोगसँगै साइबर अपराध समेतको बढ्दो

बाँकेमा ११ महिनामा १२ सुत्केरीको पर्याप्त उपचार नपाएर मृत्यु

नेपालगन्ज । मेडिकल हवकारुपमा दाबी गरिएको बाँकेमा चालु आर्थिक वर्षमा

नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा दुई जना पक्राउ

काठमाडौं । नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा २ जनालाई मंगलबार दिउँसो