११ बैशाख २०८१, मंगलबार | April 23, 2024

पोखरा महानगरको मेयरमा गठबन्धनको निरन्तर अग्रता



पोखरा । पोखरा महानगरपालिकाको मेयरमा सत्ता गठबन्धन र उपमेयरमा नेकपा ९एमाले० का उम्मेदवारले अग्रता लिएका छन् ।

आज बिहानसम्म एक लाख १९ हजार ३१९ मत गणना हुँदा गठबन्धनबाट मेयरका उम्मेदवार नेकपा ९एकीकृत समाजवादी० का धनराज आचार्यले ४७ हजार ९९२ मत प्राप्त गरेका छन् ।

उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार कृष्णबहादुर थापाले ४४ हजार १३९ मत प्राप्त गरेका छन् । गठबन्धनका आचार्यले तीन हजार ८५३ मतान्तरसहित अग्रता हासिल गरेका हुन् ।

उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङ ५० हजार २६० मतसहित अघि छन् । उनकी प्रतिस्पर्धी गठबन्धनबाट कांग्रेसका उम्मेदवार कोपिला रानाभाट ४७ हजार ४७० मतसहित उनलाई पछ्याइरहेकी छन् ।

महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा ३३ वटा वडा रहेको पोखराका १८ वडामा कांग्रेस विजय भएको छ भने सात वटा वडामा एमाले विजय भएको छ । महानगरको वडा नं १७, १८, १९, २१, २२, ३१, ३२, ३३ को मतगणना जारी छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  ७ : ५८ बजे

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना

बुटवलमा ३ दिने भलिबल प्रतियोगिता शुरु

बुटवल । बुटवलमा आजदेखि तिन दिने भलिबल प्रतियोगिता शुरु भएको

राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

बुटवल । राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीको आयोजनामा बुटवलमा रक्तदान

कतारका अमिर शीतल निवासमा, राष्ट्रपति पौडेलसँग भेटवार्ता सुरु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम