५ आश्विन २०८३, सोमबार | September 21, 2026

तिलोत्तमाकी १२ वर्षीया बालिका बलात्कार गर्ने बुटवल ११ का ५९ वर्षीय पुरुष रंगेहात पक्राउ



बुटवल । आईतवार सांझ रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ३ सिमानगरकी १२ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

बुटवल उपमहानगर पालिका वडा नं ११ का आफन्त पर्ने ५९ वर्षीय पुरुषले तिलोत्तमा-३ सीमानगरकी ति युवतीलाई बलात्कार गरेको प्रहरीले बताएको छ ।

बालिकालाई मिठाई खान जाने प्रलोभन देखाएर चिनजानका छिमेकीले नजिकैको तिनाउ खोलामा लगेर बलात्कार गरेको प्रहरी संगको प्रारम्भिक बयानमा स्वीकार गरेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक ठग बहादुर केसीले बताए ।

बालिका चिच्याएपछि स्थानीयले उद्धार गरी प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी टोलिले तत्काल बुटवल उपमहानगरपालिका-११ का ५९ वर्षीय पुरुषलाई पक्राउ गरेको थियो केसीले भने ।

उनी विरुद्ध जिल्ला अदालत रुपन्देहीमा जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरी थप अनुसन्धान थालिएको केसीले बताए ।

बालिकालाई लुम्बिनी प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचार गरी घर पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  ५ : ५७ बजे

बुटवलको सुन्दरनगर खानेपानी संस्थाको अध्यक्षमा शंकर परियार निर्वाचित

बुटवल । बुटवल-६ स्थित सुन्दरनगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको

बुटवलमा जिडब्लुएमको नयाँ सोरूम सञ्चालन, ओरा ५ र जोलियन म्याक्स इभी सार्वजनिक

बुटवल । ग्रेट वाल मोटर (जिडब्लुएम) नेपालको बुटवलस्थित आधिकारिक क्षेत्रीय

डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा

बागलुङ । बागलुङमा फैलिएको डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि सरकारी

दमौली-भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति

दमौली । १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाअन्तर्गत निर्माण भइरहेको

मड्रिड डर्बीमा रियल मड्रिडलाई एट्लेटिकोको २-१ को हार

काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति सम्पन्न ‘मड्रिड डर्बी’मा