२९ मंसिर २०८२, सोमबार | December 16, 2025

विश्व बैंकबाट २७५ मिलियन अमेरिकी डलर ऋण लिन सरकारले वार्ता टोली गठन गर्ने



काठमाडौैं । सरकारले विश्व बैंकबाट २७५ मिलियन अमेरिकी डलर ऋण सहायता लिनेबारे वार्ता टोली गठन गर्ने भएको छ ।

सोमवार मन्त्रीपरिषदको निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सकरारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले विश्व बैंकबाट यातायात तथा व्यापार अभिवृद्धि कार्यक्रमका लागि प्राप्त हुने करिव ३३ अर्ब रुपैयाँ ऋण साहयता लिनेबारे वार्ता टोली गठन गर्ने निर्णय गरेको जानकारी दिएका छन् । कार्कीले वैदेशिक रोजगारीबाट फर्किएकाहरुको पुनःएकीकरण आयोजनाका लागि स्विजरल्याण्ड सरकारबाट प्राप्त हुने ६.८ मिलियन डलर अर्थात करिव ८६ करोड १३ लाख नोपली रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको भएको पनि बताए ।

प्रवक्ता कार्कीका अनुसार सरकारले २०७९ जेठ ९ गतेदेखि १३ गतेसम्म थाइल्याण्डको बैंककमा आयोजना युएन स्क्यापको ७८ औं सत्रमा सहभागि हुन राष्ट्रिय योजना आयोगका सदस्य डा.दिलबहादुर गुरुङको प्रतिनिधि मण्डललाई स्वीकृत प्रदान गर्ने निर्णय गरको छ , त्यस्तै नेपाल राष्ट्र बैंकको नोट धुल्याउने नियमावली २०७९ बनाउन स्वीकृती दिने निर्णय गरेको छ ।

प्रवक्ता कार्कीले सरकारले सशस्त्र प्रहरी नायव महानिरिक्षक नारायनदत्त पौडेललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक पदमा बढुवा गरेको बताए । उनकाअनुसार सरकारले नेपाल प्रहरीका प्रहरी नायव महानिरिक्षक वसन्तकुमार लामालाई प्रहरी अतिरिक्त प्रहरी महानिरिक्षक पदमा बढुवा गर्ने निर्णय गरेको छ ।

त्यस्तै सरकारले २०७९ जेठ १८ मा नर्वे र जेठ १९ फिनल्याण्डसँग हुने त्रिपक्षीय परामर्श संयन्त्रको बैठकहरुमा भाग लिनका लागि परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृत दिने निर्णय गरेको छ । प्रवक्ता कार्कीले स्टक होम प्लस ५० इन्टर नेशनल मिटिङ स्टक होम कन्भेन्सनमा परराष्ट्र मन्त्रीको नेतृत्वमा नेपालले प्रतिनिधित्व गर्ने र नेपाल स्वास्थ्य सेवा जनरल हेल्थ सेवा सर्भिस अधिकृत ११ औं तह प्रमुख मेडिकल पदमा बढुवा नियुक्ति गर्ने निर्णय गरेको पनि बताए ।

प्रवक्ता कार्कीले भने, ‘२०७९ वैशाख ३० गते मुलुकभरका स्थानीय तहको निर्वाचन एकै चरणमा सफलता पूर्वक सम्पन्न गरेकोमा निर्वाचन आयोग एवम आफ्नो क्षेत्रबाट महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने सम्पूर्ण मतदाता,राजनीतिक दल,राष्ट्रसेवक कर्मचारी,सुरक्षा निकाय,सुरक्षाकर्मी, सञ्चारमाध्यम तथा सञ्चारकर्मी,नागरिक समाज लगायत निर्वाचन कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पु-याउनु हुने सबैलाई नेपाल सरकारको तर्फबाट हार्दिक धन्यवाद दिने ।

२०७९ जेठ ९ गतेदेखि १३ गतेसम्म थाइल्याण्डको बैंककमा आयोजना हुने युएन स्क्यापको ७८ औं सत्रमा सहभागी हुन राष्ट्रिय योजना आयोगका सदस्य डा.दिलबहादुर गुरुङको प्रतिनिधि मण्डललाई स्वीकृत प्रदान गर्ने ।

वैदेशिक रोजगारीबाट फर्किएकाहरुको पुनः एकीकरण आयोजनाका लागि स्वीजरल्याण्ड सरकारबाट प्राप्त हुने ६.८ मिलियन करिव ८६ करोड १३ लाख अनुदान सहायता स्वीकार गर्ने ।

विश्व बैंकबाट यातायात तथा व्यापार आवद्धता अभिवृद्धि कार्यक्रमका लागि प्राप्त हुने २७५ मिलियन अमेरिकी डलर करिव ३३ अर्ब ऋण साहयता सम्बन्धमा वार्ता टोली गठन गर्ने ।

नेपाल राष्ट्र बैंकको नोट धुल्याउने नियमावली २०७९ बनाउन स्वीकृत प्रदान गर्ने

सशस्त्र प्रहरी नायव महानिरिक्षक श्री नारायनदत्त पौडेललाई सशस्त्र प्रहरीबल, नेपालको सशस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक पदमा बढुवा नियुक्ति गर्ने ।

प्रहरी नायव महानिरिक्षक वसन्तकुमार लामालाई नेपाल प्रहरीको, जनपथ प्रहरीको, समुहको प्रहरी अतिरिक्त प्रहरी महानिरिक्षक पदमा बढुवा गर्ने ।

स्टक होम प्लस ५० इन्टर नेशनल मिटिङ स्टक होम कन्भेन्सनमा माननीय परराष्ट्र मन्त्रीको नेतृत्वमा नेपालले प्रतिनिधित्व गर्ने ।

मिति २०७९ जेठ १८ मा नर्वे र जेठ १९ मा फिनल्याण्डसँग हुने त्रिपक्षीय परामर्श संयन्त्रका बैठकहरुमा भाग लिन जानका लागि परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृत दिने ।

कञ्चनपुर जिल्ला वेदकोट नगरपालिका अन्तर्गतको जग्गा नापजाँच सम्बन्धि गठन आदेश २०७८ स्वीकृत दिने ।

वन नियमावली २०७९ स्वीकृत गर्ने ।

सुर्खेत भेरीगंगा रामघाट विमानस्थल निर्माणका लागि सौद्धान्तिक स्वीकृति प्रदान गर्ने ।

नेपाल स्वास्थ्य सेवा जनरल हेल्थ सेवा सर्भिस अधिकृत ११औं तह प्रमुख मेडिकल पदमा बढुवा नियुक्ति गर्ने निर्णय गरेको छ ।’

सरकारका प्रवक्ता कार्कीले सरकारले कञ्चनपुर जिल्ला वेदकोट नगरपालिका अन्तर्गतको जग्गा नापजाँच सम्बन्धि गठन आदेश २०७८ स्वीकृत गरेको छ । त्यस्तै सरकारले वन नियमावली २०७९ स्वीकृत गरेको छ भने सुर्खेत भेरीगंगा रामघाट विमानस्थल निर्माणका लागि सौद्धान्तिक स्वीकृति प्रदान गरेको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  ६ : १८ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको