२९ असार २०८३, सोमबार | July 13, 2026

पेट्रोलियम मूल्यवृद्धि खारेजीको मागसहित विद्यार्थी संगठनले अर्थ र उद्योगमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै



काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै विभिन्न १३ विद्यार्थी संगठनहरुले अर्थ र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै छन ।

विद्यार्थी संगठनले पहिलो चरणको आन्दोलन अन्तर्गत आज (मंगलवार) अर्थमन्त्री जनार्दन शर्मा र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूलाई ज्ञापनपत्र बुभाउन लागेका हुन ।

विद्यार्थी संगठनले बुधवार बिहान आयल निगमको केन्द्रिय कार्यालय घेराउ गर्ने, देशभरका क्याम्पसमा कालो ब्यानर राख्ने र १२ गते साँझ काठमाडौंमा टर्च लाइट जुलुस निकाल्ने कार्यक्रम घोषणा गरेका छन । सरकारले गत आईतवार रातिबाट लागू हुने गरेर प्रति लिटर १० रुपैयाँका दरले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो ।

अहिले पेट्रोलको प्रति लिटर मूल्य १८०, डिजेल र मटिटतलेको १६३, आन्तरिक हवाईको १६६ र खाना पकाउने ग्यासको मूल्य २०० रुपैयाँ बढाएर १८ सय रुपैयाँ निर्धारण गरेको छ । त्यो भन्दाअघि सरकारले वैशाख ३१ गते पनि प्रतिलिटर १० रुपैयाँका दरले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको थियो ।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  ११ : १७ बजे

देशभर वर्षा : विशेष सतर्कता अपनाउन आग्रह

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा आज वर्षा भइरहेको

मोदीखोलाको बाढीले घर, होटल र पुल बगायो, घान्द्रुक सडक अवरुद्ध

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ स्थित किम्रुङ खोलामा आज आएको

लुम्बिनी वास्तु सम्मेलन सातबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका-५, मणिग्राममा आयोजित लुम्बिनी वास्तु सम्मेलन-२०८३

राप्तीमा बेपत्ता एक जनाको शव फेला

नेपालगन्ज । बाँकेको राप्ती नदीको कम्दी खण्डमा पौडी खेल्ने क्रममा

अमेरिकी सिनेटर तथा ट्रम्पका प्रमुख सहयोगी ग्राहमको ७१ वर्षको उमेरमा निधन

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी तथा प्रभावशाली