१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

पेट्रोलियम मूल्यवृद्धि खारेजीको मागसहित विद्यार्थी संगठनले अर्थ र उद्योगमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै



काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै विभिन्न १३ विद्यार्थी संगठनहरुले अर्थ र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै छन ।

विद्यार्थी संगठनले पहिलो चरणको आन्दोलन अन्तर्गत आज (मंगलवार) अर्थमन्त्री जनार्दन शर्मा र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूलाई ज्ञापनपत्र बुभाउन लागेका हुन ।

विद्यार्थी संगठनले बुधवार बिहान आयल निगमको केन्द्रिय कार्यालय घेराउ गर्ने, देशभरका क्याम्पसमा कालो ब्यानर राख्ने र १२ गते साँझ काठमाडौंमा टर्च लाइट जुलुस निकाल्ने कार्यक्रम घोषणा गरेका छन । सरकारले गत आईतवार रातिबाट लागू हुने गरेर प्रति लिटर १० रुपैयाँका दरले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो ।

अहिले पेट्रोलको प्रति लिटर मूल्य १८०, डिजेल र मटिटतलेको १६३, आन्तरिक हवाईको १६६ र खाना पकाउने ग्यासको मूल्य २०० रुपैयाँ बढाएर १८ सय रुपैयाँ निर्धारण गरेको छ । त्यो भन्दाअघि सरकारले वैशाख ३१ गते पनि प्रतिलिटर १० रुपैयाँका दरले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको थियो ।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  ११ : १७ बजे

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका

डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१

बुटवलका मासु व्यवसायी बधशालाको मासु बेच्न अनिच्छुक

बुटवल । मानव बस्तीको चहलपहल भइरहनेस्थलमै पशुपन्छी बध गरेर प्रदुषित

नेपाल-चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न

काठमाडौं । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : बिष्णु पौडेल

काठमाडौं । प्रमुख सत्ता घटक एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री बिष्णु