१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

भरतपुरबासीसँग गरेका वाचा पुरा गर्ने मेयर रेनुको संकल्प



चितवन । चितवनको भरतपुरमहानगरपालिकामा नवनिर्वाचित मेयर रेनु दाहालले जनतासँग गरेका वाचा पुरा गर्ने पुनः प्रतिवद्धता व्यक्त गरेकी छिन् ।

मेयरमा भारी मतान्तरसहित दोस्रो कार्यकालका लागि विजयी भएकी दाहालले मंगलबार बिहान भरतपुरमा संचारकर्मीहरुसँग कुरा गर्दै दाहालले यसअघि बाँकी रहेका अधुरा कामलाई पुरा गर्ने प्रतिवद्धता जनाएकी हुन् ।

दाहालले आफ्ना लागि यो कार्यकाल स्थानीय तहको अन्तिम कार्यकाल रहेको भन्दै जनताको मनोविज्ञान बुझेर काम गर्ने बताइन ।

मेयर दाहालले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, फोहोर तथा ढल व्यवस्थापन गरेर भरतपुरलाई नमूना र स्मार्ट सिटी बनाउने संकल्प पूरा गर्ने बताइन् । उनले विगतमा आफुहरुले गरेका कामलाई जनताले निर्वाचनमार्फत अनुमोदन गरेको जिकिर गरिन् । उनले महानगरबासीको विश्वासलाई निरास बन्न नदिने बताउँदै मतदाताले दिएको जिम्मेवारीलाई पुरा गर्ने बताइन । दाहालले भनिन्, स्थानीय सरकार भनेको राजनिति गर्ने ठाँउ हैन, विकास निर्माण गर्ने हो, त्यतै तर्फ लाग्छु ।’

आफुलाई हराउन विपक्षीहरुले निकै ठूलो योजना बनाएपनि असफल भएको दाहालले जिकिर गरिन । पाँचदलीय गठबन्धन लामो समयसम्म टिक्ने पनि उनले बताइन ।

महानगरमा उपमेयरमा विजयी नेपाली कांग्रेसका चित्रसेन अधिकारीले नगरको चौतर्फी विकासका लागि मिलेर काम गर्ने जनाए । उनले सबै पक्षलाई समेटेर विकासको काममा मात्र अघि बढ्ने बताए ।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  १२ : ०५ बजे

जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै लुम्बिनी

चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन्

बुटवल । रुपन्देहीको बुटवलमा भएको जिल्लास्तरीय चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा