२९ असार २०८३, सोमबार | July 13, 2026

भरतपुरबासीसँग गरेका वाचा पुरा गर्ने मेयर रेनुको संकल्प



चितवन । चितवनको भरतपुरमहानगरपालिकामा नवनिर्वाचित मेयर रेनु दाहालले जनतासँग गरेका वाचा पुरा गर्ने पुनः प्रतिवद्धता व्यक्त गरेकी छिन् ।

मेयरमा भारी मतान्तरसहित दोस्रो कार्यकालका लागि विजयी भएकी दाहालले मंगलबार बिहान भरतपुरमा संचारकर्मीहरुसँग कुरा गर्दै दाहालले यसअघि बाँकी रहेका अधुरा कामलाई पुरा गर्ने प्रतिवद्धता जनाएकी हुन् ।

दाहालले आफ्ना लागि यो कार्यकाल स्थानीय तहको अन्तिम कार्यकाल रहेको भन्दै जनताको मनोविज्ञान बुझेर काम गर्ने बताइन ।

मेयर दाहालले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, फोहोर तथा ढल व्यवस्थापन गरेर भरतपुरलाई नमूना र स्मार्ट सिटी बनाउने संकल्प पूरा गर्ने बताइन् । उनले विगतमा आफुहरुले गरेका कामलाई जनताले निर्वाचनमार्फत अनुमोदन गरेको जिकिर गरिन् । उनले महानगरबासीको विश्वासलाई निरास बन्न नदिने बताउँदै मतदाताले दिएको जिम्मेवारीलाई पुरा गर्ने बताइन । दाहालले भनिन्, स्थानीय सरकार भनेको राजनिति गर्ने ठाँउ हैन, विकास निर्माण गर्ने हो, त्यतै तर्फ लाग्छु ।’

आफुलाई हराउन विपक्षीहरुले निकै ठूलो योजना बनाएपनि असफल भएको दाहालले जिकिर गरिन । पाँचदलीय गठबन्धन लामो समयसम्म टिक्ने पनि उनले बताइन ।

महानगरमा उपमेयरमा विजयी नेपाली कांग्रेसका चित्रसेन अधिकारीले नगरको चौतर्फी विकासका लागि मिलेर काम गर्ने जनाए । उनले सबै पक्षलाई समेटेर विकासको काममा मात्र अघि बढ्ने बताए ।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  १२ : ०५ बजे

देशभर वर्षा : विशेष सतर्कता अपनाउन आग्रह

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा आज वर्षा भइरहेको

मोदीखोलाको बाढीले घर, होटल र पुल बगायो, घान्द्रुक सडक अवरुद्ध

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ स्थित किम्रुङ खोलामा आज आएको

लुम्बिनी वास्तु सम्मेलन सातबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका-५, मणिग्राममा आयोजित लुम्बिनी वास्तु सम्मेलन-२०८३

राप्तीमा बेपत्ता एक जनाको शव फेला

नेपालगन्ज । बाँकेको राप्ती नदीको कम्दी खण्डमा पौडी खेल्ने क्रममा

अमेरिकी सिनेटर तथा ट्रम्पका प्रमुख सहयोगी ग्राहमको ७१ वर्षको उमेरमा निधन

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी तथा प्रभावशाली