३ पुस २०८२, बिहिबार | December 19, 2025

गण्डकी प्रदेशका मुख्यमन्त्री र कार्यवाहक भारतीय राजदूतबीच भेटवार्ता



पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग नेपालका लागि कार्यवाहक भारतीय राजदूत नाम्गे सी खम्पाबीच भेटवार्ता भएको छ ।

कास्की र मुस्ताङमा भारतीय दूतावासमार्फत सञ्चालित योजना अनुगमन र उद्घाटनका क्रममा खम्पा पोखरा पुगेकी हुन् ।

भेटमा मुख्यमन्त्री पोखरेलले नेपाल-भारतबीचको सम्बन्धबारे कुनै व्याख्या गर्न जरुरी नभएको उल्लेख गर्दै प्रदेश र मुलुकको समृद्धिका लागि सहकार्य बढाउँदै लैजानुपर्नेमा जोड दिए ।

उत्तरमा चीनको नाकाबाट दक्षिणमा भारत जोड्ने कोरला-त्रिवेणी सडकअन्तर्गत दुम्कीवास-त्रिवेणी खण्डको आठ किलोमिटर सुरुङमार्ग निर्माणमा प्रदेशले सङ्घ सरकारमार्फत भारतसँग सहकार्य गर्न तयार रहेको उनले बताए ।

तनहुँमा रहेको गिरिजाप्रसाद कोइराला श्वासप्रश्वास केन्द्रको स्तरोन्नतिका लागि नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलेसमेत प्रतिबद्धता जनाएको स्मरण गराउँदै मुख्यमन्त्री पोखरेलले त्यहाँ मेडिकल कलेज सञ्चालनका लागि भारत सरकारबाट सहयोगको अपेक्षा गरिएको उल्लेख गरे ।

प्रदेशको रोजगारी प्रवर्द्धन, पर्यटकीय क्षेत्र पोखराको सौन्दर्यीकरणका साथै फेवातालको संरक्षणमा समेत सहकार्य गरेर जान सकिने मुख्यमन्त्रीको भनाइ थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि यहाँको व्यावसायिक क्षेत्र फराकिलो हुने भन्दै त्यसअनुसारका संरचना निर्माण जरुरी रहेको उनले बताए ।

कार्यवाहक भारतीय राजदूत खम्पाले गण्डकी प्रदेशको समृद्धिका लागि सहकार्य गर्न भारत तयार रहेको बताइन् । प्रदेशभित्रका सडक, पर्यटकीय पूर्वाधार र यातायात क्षेत्रमा भारतीय सरकारले सहयोग गर्दै आएको र योजनाका बारेमा विस्तृत विवरण प्राप्त भएको खण्डमा थप काम गर्न सकिने उनको भनाइ थियो ।

नेपाली विद्यार्थीलाई छात्रवृत्तिका साथै विद्यालय तथा क्याम्पसका लागि बस, अस्पताल र सङ्घसंस्थाका लागि एम्बुलेन्स प्रदान गर्दै आएको र यसले निरन्तरता पाउने उनले प्रतिबद्धता व्यक्त गरिन् । भारतीय राजदूतावासमार्फत प्रदेशभर ५२ योजना सञ्चालन भएकामा कास्कीमा मात्र ११ वटा सञ्चालित छन् ।

भेटमा प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल, कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री बिन्दुकुमार थापा, प्रमुख सचिव रविलाल पन्थलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार  ८ : १७ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको