१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

इपिएल : लगायत फ्रेन्चाइज लिग अब क्षेत्रीय संरचनामा गर्नुपर्ने



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपालमा सञ्चालनमा आएका निजी कम्पनीका फ्रेन्चाइज लिगलाई क्षेत्रीय लिगको संरचनामा सञ्चालन भए अनुमति दिने भएको छ ।

क्यानको बोर्ड बैठकले यसअघि हुँदै आएका लिगलाई क्षेत्रीय संरचनामा सञ्चालन भए अनुमति दिने निर्णय गरेकाे हाे । क्यानले नेपाली क्रिकेटमा फ्रेन्चाईज लिगले पुर्‍याएकाे योगदानको कदरसहित धन्यवाद ज्ञापन गरेको छ ।

‘नेपालमा हालसम्म सञ्चालन रहेका अन्य फ्रेन्चाइज लिगहरूले नेपाली क्रिकेटमा पुर्‍याएकाे योगदानको कदरसहित धन्यवाद ज्ञापन गर्ने,’ क्यानकाे निर्णयमा उल्लेख छ ।

क्यानले यसअघि भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस्सँग सम्झौता गर्दै आधिकारिक नेपाल टी-२० लिग गर्ने घोषणा गरेको थियो । त्योसँगै नेपालमा सञ्चालनमा आएको एभरेष्ट प्रिमियर लिग (इपिएल), धनगढी प्रिमियर लिग (डीपीएल) र पोखरा प्रिमियर लिग (पीपीएल) मारमा परेका थिए ।

यसअघि क्यान निस्क्रिय र आईसीसीको प्रतिबन्धमा पर्दा तीनवटै फ्रेन्चाइज लिग सञ्चालमा थिए ।

अब, भने यी तीनै लिग क्षेत्रीय संरचनामा गर्ने भए क्यानले अनुमति दिने भएकाे हो ।

‘संघको आफ्नै आधिकारिक लिग सञ्चालन हुने भएकाले अन्य कुनै पनि लिगहरूलाई राष्ट्रिय मान्यता प्राप्त लिगको रुपमा मान्यता नदिने, तर क्षेत्रीय लिगको संरचानामा सञ्चालन गर्ने अवस्थामा अनुमति दिने सकिनेछ,’ क्यानको निर्णयमा भनिएको छ ।

यसै हप्ता मात्र ईपीएल आयोजक र सहभागी सात क्लबका मालिकहरूले प्रतियोगिता आयोजना गर्न पाउनु पर्ने भन्दै पत्रकार सम्मेनल गरेपछि क्यानले यो निर्णय लिएको हो ।

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार  ३ : ३६ बजे

पदभारलगत्तै प्रधानमन्त्री शाहद्वारा मन्त्री र सचिवहरुलाई निर्देशन

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदबारस्थित पदभार ग्रहणलगत्तै मन्त्री

दोलखाको लाप्चा क्षेत्रमा मुस्ताङ एयरको हेलिकोप्टर सम्पर्कविहीन

काठमाडौं । काठमाडौंबाट दोलखाको लाप्चातर्फ उडेको मुस्ताङ एयरको हेलिकोप्टर सम्पर्कविहीन

सरकारका निर्णय कार्यान्वयन गर्दिन भन्ने छुट कसैलाई छैन : गृहमन्त्री गुरुङ

काठमाडौँ । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले सेवा प्रवाहलाई सहज बनाउँदै

प्रधानमन्त्री बालेन्द्रलाई पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफको बधाई

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई पाकिस्तानका प्रधानमन्त्री शहवाज शरीफले

प्रधानमन्त्री बालेन्द्रलाई भारतीय समकक्षी नरेन्द्रले दिए बधाई

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई भारतीय समकक्षी नरेन्द्र मोदीले