२९ मंसिर २०८२, सोमबार | December 15, 2025

इपिएल : लगायत फ्रेन्चाइज लिग अब क्षेत्रीय संरचनामा गर्नुपर्ने



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपालमा सञ्चालनमा आएका निजी कम्पनीका फ्रेन्चाइज लिगलाई क्षेत्रीय लिगको संरचनामा सञ्चालन भए अनुमति दिने भएको छ ।

क्यानको बोर्ड बैठकले यसअघि हुँदै आएका लिगलाई क्षेत्रीय संरचनामा सञ्चालन भए अनुमति दिने निर्णय गरेकाे हाे । क्यानले नेपाली क्रिकेटमा फ्रेन्चाईज लिगले पुर्‍याएकाे योगदानको कदरसहित धन्यवाद ज्ञापन गरेको छ ।

‘नेपालमा हालसम्म सञ्चालन रहेका अन्य फ्रेन्चाइज लिगहरूले नेपाली क्रिकेटमा पुर्‍याएकाे योगदानको कदरसहित धन्यवाद ज्ञापन गर्ने,’ क्यानकाे निर्णयमा उल्लेख छ ।

क्यानले यसअघि भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस्सँग सम्झौता गर्दै आधिकारिक नेपाल टी-२० लिग गर्ने घोषणा गरेको थियो । त्योसँगै नेपालमा सञ्चालनमा आएको एभरेष्ट प्रिमियर लिग (इपिएल), धनगढी प्रिमियर लिग (डीपीएल) र पोखरा प्रिमियर लिग (पीपीएल) मारमा परेका थिए ।

यसअघि क्यान निस्क्रिय र आईसीसीको प्रतिबन्धमा पर्दा तीनवटै फ्रेन्चाइज लिग सञ्चालमा थिए ।

अब, भने यी तीनै लिग क्षेत्रीय संरचनामा गर्ने भए क्यानले अनुमति दिने भएकाे हो ।

‘संघको आफ्नै आधिकारिक लिग सञ्चालन हुने भएकाले अन्य कुनै पनि लिगहरूलाई राष्ट्रिय मान्यता प्राप्त लिगको रुपमा मान्यता नदिने, तर क्षेत्रीय लिगको संरचानामा सञ्चालन गर्ने अवस्थामा अनुमति दिने सकिनेछ,’ क्यानको निर्णयमा भनिएको छ ।

यसै हप्ता मात्र ईपीएल आयोजक र सहभागी सात क्लबका मालिकहरूले प्रतियोगिता आयोजना गर्न पाउनु पर्ने भन्दै पत्रकार सम्मेनल गरेपछि क्यानले यो निर्णय लिएको हो ।

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार  ३ : ३६ बजे

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

आठौं खजुरा अन्तर विद्यालय मेयर रनिङ शिल्डको उपाधि ज्ञानोदयलाई

खजुरा । बाँकेको खजुरामा आज सम्पन्न आठौं अन्तर विद्यालय मेयर

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू