६ बैशाख २०८१, बिहिबार | April 19, 2024

तुलसीपुर उपमहानगरको मेयर र उपमेयर दुवैमा एमाले विजयी



दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको छ ।

एमालेका पूर्वजिल्लाअध्यक्षसमेत रहेका टीकाराम खड्का ३ हजार ६ सय ९१ मतान्तरले उपमहानगर प्रमुखमा विजयी भए । उनले ३१ हजार ४ सय ८ मत प्राप्त गर्दा उनका निकतम प्रतिस्पर्धी सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका गेहेन्द्र गिरीले २७ हजार ७ सय १७ मत ल्याए ।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका गिरी २०७४ सालको निर्वाचनमा पनि प्रमुखमा पराजित भएका थिए ।

उपप्रमुखमा एमालेकी स्यानी चौधरी ९ हजार ५ सय ३२ मतान्तरका साथ विजयी भइन् । उनले ३० हजार ५ सय ९७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका जोगबहादुर रानाले २१ हजार ६५ मत ल्याए ।

एमालेले तुलसीपुरका १० वटा वडामा जित निकालेकाे छ। जसमा वडा २, ३, ६, ८, १०, ११, १३, १५, १८ र १९ पर्छन् ।

कांग्रेसले ५, ७, ९, १४ र १७ तथा माओवादी केन्द्रले १, ४ र १२ वडा जित्दा वडा १६ मा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छ न्।

१० स्थानीय तह रहेकाे दाङमा तुलसीपुरको मतपरिणाम सबैभन्दा पछि आएको हो ।

तुलसीपुर उपमहानगरपालिकामा यसअघि पनि एमालेले नै जितेको थियो । तुलसीपुरमा एक लाख एक हजार ४६० मतदाता रहेकामा ७४ हजार ३३६ मत खसेको थियो ।

२०५४ यता एमालेकै राज

तुलसीपुरमा २०४९ सालमा कांग्रेसका शङ्करप्रसाद आचार्य प्रमुख निर्वाचित हुनुभएको थियो भने कांग्रेसकै प्रदीपबहादुर शाह उपप्रमुख थिए ।

त्यतिबेलाका फुलबारी, टरिगाउँ, उरहरि, पवननगर, हलवार, विजौरी, डुरुवा र मानपुर गाविस अहिले उपमहानगरपालिकामा गाभिएका छन् । २०४९ सालमा यी सबै गाविसमा कांग्रेसले अध्यक्ष र उपाध्यक्षमा जितेको थियो ।

तुलसीपुरलाई समृद्ध बनाउछु : खड्का

निर्वाचित भएसँगै राससलाई प्रतिक्रिया दिँदै टीकाराम खड्काले तुलसीपुरलाई समृद्ध बनाउने बताएका छन् । उनले जनताले विश्वास गरेर जित्न सफल भएको भन्दै मन जित्ने गरी काम गर्ने बताए । त्यस्तै नवनिर्वाचित उपप्रमुख स्यानीय चौधरीले पिछडिएका वर्गको उत्थान गर्न आफू तत्पर रहने बताए ।

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार  ५ : १० बजे

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम

मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विहीवार मन्त्री परिषद

बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै

बुटवल । बुटवलको ड्रिम इन्टरनेशनल होटलले साधारण शेयर (आईपीओ) जारी