१३ माघ २०८१, आइतबार | January 26, 2025

हुम्ला अस्पतालमा बिरामी बढे



सिमकोट । हुम्लाको जिल्ला अस्पताल सिमकोटमा केही दिन यता झाडापखालाका बिरामी बढेका छन् । एक सातायता जिल्ला अस्पतालमा निमोनिया र झाडा पखालाका बिरामी उपचारका लागि बढी पुग्ने गरेको बताइएको छ । उपचारका लागि आउने यी बिरामीमध्ये बालबालिकाको सङ्ख्या वृद्धि भएको जिल्ला अस्पताल हुम्लाले जानकारी दिएको छ ।

मौसम परिवर्तनका साथै पछिल्लो समय जिल्लामा काचा फलफूल खाने समय भएकाले बिरामीको सङ्ख्या बढेको स्वास्थ्य सेवा कार्यालय हुम्लाले जानकारी दिएको हो ।

निमोनियाका बिरामी उपचारका लागि बढी आउने गरेको जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले बताइन । निमोनियाका साथै ज्वरो आउने, श्वासप्रश्वासमा समस्या बढी भएका बिरामी जिल्ला अस्पतालमा भर्ना हुने गरेको बोहराले जानकारी दिइन । १५ श्यया रहेको जिल्ला अस्पतालमा पछिल्लो केही दिनयता बालबालिकाको सङ्ख्या ह्वात्तै बढेपछि १३ बालबालिकालाई जिल्ला अस्पतालमा भर्ना गरिएको सिनियर अनमी बोहराले बताइन ।

अस्पतालमा भर्ना भएका बिरामी बालबालिका मध्य सात जनालाई श्वासप्रश्वासमा समस्या देखिएपछि अक्सिजन दिएर राखिएको छ । निमोनियाकै कारण एक जना बालिकाको मृत्युु भएको र एक जनाको स्वास्थ्य जटिल रहेको छ । बिरामी बालबालिका तीन वर्ष मुनिका रहेका छन् भने सिमकोट गाउँपालिका भरिबाट दैनिक ३० भन्दा बढी बालबालिका निमोनिया र झाडा पखालाका बिरामी आउने गरेको उनले बताइन । बिरामी बालबालिका बढेपछि अस्पतालका श्यया बिरामी र कुुरुवा आमाले भरिएका छन् ।

जिल्ला अस्पतालमा उपचार हुन नसकेका विभिन्न किसिमका पाँच जटिल बिरामीलाई थप उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहिबार  ९ : १९ बजे

विभिन्न कार्यक्रम गरी मनाइयो भारतको ७६औँ गणतन्त्र दिवस

काठमाडौँ । भारतको ७६औँ गणतन्त्र दिवस यहाँस्थित भारतीय दूतावासले विभिन्न

प्रादेशिक महोत्सव चौथो दिन : उद्यमशीलता र व्यवसाय प्रवर्द्धनमा भन्दा मनोरञ्जनमा केन्द्रीत

नेपालगन्ज । नेपालगन्जमा जारी प्रादेशिक महोत्सव उद्यमशीलता र व्यवसाय मैत्री

१ करोडको बैंक ग्यारेन्टी बुझाएर रिहा भए रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

प्रादेशिक महोत्सवमा पत्रकारमाथि दुर्व्यवहार नगर्न र समाचार संकलनको वातावरण बनाउन माग

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले नेपालगन्जमा जारी प्रादेशिक महोत्सवमा

‘पत्रकारको पेसागत सुरक्षामा ध्यान दिइने’

काठमाडौँ । नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले पत्रकारको पेसागत