३० बैशाख २०८३, बुधबार | May 13, 2026

सर्वोच्च अदालतको फैसलाविरूद्ध बारामा प्रदर्शन



बारा । सर्वोच्च अदालतकाे पछिल्लो फैसलाविरुद्ध बारामा राँके जुलुश प्रदर्शन भएको छ । सत्तारुढ पाँच दलीय गठबन्धन दलमध्यको एक माओवादी केन्द्रले राँके जुलुश प्रदर्शन गरेको हो ।

माओवादी केन्द्र निजगढ नगर कमिटीले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको भन्दै बिहीबार राति राँके जुलुशसहित विरोध प्रदर्शन गरेको हो ।

मुलुकको एक मात्र अन्तर्रा्ष्ट्रिय विमानस्थलले यात्रु तथा विमान चाप थेग्न नसकेको भन्दै विगत लामो समयदेखि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नुपर्ने आवाज उठिरहेको र राष्ट्रले समेत महत्त्वाकांक्षी राष्ट्रिय परियोजनाका रूपमा रहेको दोस्रो अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माणमा सर्वोच्च अदालतले रोक लगाएकै कारण अदालतको निर्णय प्रति बिरोध गरिएको माओवादी केन्द्रका सपिम खरेलले बताए ।

निजगढ विमानस्थल निर्माणले यहाँका जनता, मलुकको भाग्य र भविष्य उज्जवलहुने मात्रै नभई सोझै अन्यमुलुकसंग नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध रहने महत्त्वाकांक्षी योजनामा सर्वोच्च अदालतले वातावरण सरक्षणको नाममा सेटिडमा रोक लगाएको माओवादी केन्द्रका मधेस प्रदेश कमिटी सदस्य रबिराज दंगालले आरोप लगाएका छन ।

दंगालले भारतको इसारामा अदालतले गैरजिम्बेवारी प्रदर्शन गरेर न्यालयको बदनाम गर्ने कार्यगरेको आरोप लगाए ।

बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको हो । वातावरणीय कारण देखाएर बिहीबार सर्वोच्च अदालतले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न सरकारका नाममा परमादेश जारी गरेको छ ।

वातावरण सरक्षण अभियन्ता र वरिष्ठ अधिवक्ताहरुले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चको बृहत पूर्ण इजलासले अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्ने भए ऐन, कानुन र विधिशास्त्रीय मान्यता अनुसार उपयुक्त विकल्प खोज्न परमादेश दिएको थियो ।

निजगढमा विमानस्थल निर्माण गर्दा वातावरणीय क्षति धेरै हुने भन्दै वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मासमेत र रञ्जुहजुर पाँडेसमेतले छुट्टाछुट्टै रिट दायर गरेका थिए ।

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  ६ : ३४ बजे

१० दिनदेखि अवरुद्ध राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आजबाट सुचारु

काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा

लुकाइछिपाई नेपालगन्ज लैजाँदैगरेको शंकास्पद मासु सहित एकजना पक्राउ

खजुरा । बाँकेको खजुराबाट ठुलो परिमाणमा शंकास्पद मासु सहित १

सङ्घीय मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम

काठमाडौं । प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालु

लुम्बिनी प्रदेश सरकार मन्त्रालय सङ्ख्या घटाउने तयारीमा

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी साउन १

बुटवलमा सुकुम्बासी आन्दोलन झन चर्किँदै : जेठ ३ गते राष्ट्रिय सम्मेलनको तयारी

बुटवल । सरकारले देशका विभिन्न स्थानमा सुकुम्बासी बस्ती हटाउन डोजर