४ आश्विन २०८३, आइतबार | September 21, 2026

सिम्रौनगढको नगरकार्यपालिका निर्वाचन कार्यतालिका स्थगित



बारा । सिम्रौनगढ नगर कार्यपालिकाका लागि हुने भनिएको निर्वाचन प्रक्रिया अर्को सूचना प्रकाशन नहुन्जेलसम्मका लागि स्थगित गरिएको छ । निर्वाचन अधिकृतको कार्यालय सिम्रौनगढले सूचना जारी गर्दै कार्यपालिका सदस्यको लागि दलित, अल्पसंख्यक र महिला समुदायबाट चयन गरिने सदस्यको निर्वाचन स्थगित गरेको हो ।

नगर कार्यपालिका सदस्य चयनका लागि बिहीबार २ बजेका लागि मनोनयन पत्र दर्ता गर्ने कार्यतालिका सार्वजनिक भएको थियो । तर कांग्रेसबाट निर्वाचित वडाध्यक्ष दिनदयाल मुखिया लगायत ३६ जनाले पद तथा गोपनियताको शपथग्रहण, पत्र प्रमाणित तथा कार्यपालिका सदस्य निर्वाचन कार्यतालिका स्थगित गर्न माग गर्दै निवेदन दर्ता गराएपछि निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन कार्यतालिका स्थगित गरेको हो ।

कांग्रेसबाट नगरमा निर्वाचित सदस्यले कार्यपालिका सदस्यको निर्वाचन रोक्न माग गर्दै सिम्रौनगढ नगरपालिका कार्यालयअगाडि बिहीबार दिउसो नारा, जुलुस र होहल्लासमेत गरेका थिए ।

११ वटा वडा रहेको सिम्रौनगढमा कांग्रेसबाट ८ वडा अध्यक्ष, लोसपाबाट ३ र नेकपा एकीकृत समाजवादीबाट १ जना वडा अध्यक्षमा निर्वाचित भएका छन् । नगरपालिकाको उपमेयरमा पनि लोसपा विजयी भएको हो ।

 

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  ८ : २४ बजे

एन्फाका कोषाध्यक्ष र लेखाप्रमुख पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

नेपाली कांग्रेसको ७३ जिल्लामा वडा अधिवेशन सम्पन्न, बाँकी भोली हुने

काठमाडौं ।  नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशनअन्तर्गत दोस्रो दिन

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी

जलवायु न्याय खोज्दै मनास्लु आधार शिविरमा बसेका युवाको अनशन स्थगित

गोरखा । मनास्लु आधारशिविरमा युवाहरुले तीन दिनदेखि गरेको आमरण अनशन