५ मंसिर २०८३, शनिबार | November 21, 2026

रोल्पा कारागारमा आत्महत्या प्रकरण : ‘विजयविक्रम शाहको कैद भुक्तानी गर्न लगाएर भाइको हत्या गरियो’



नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका २ घरवारीटोलका २० वर्षीय सुन्दर हरिजनको रोल्पा कारागारमा शंकास्पद मृत्युको घटनालाई निष्पक्ष छानबिन गरी न्याय दिलाउन पीडितका दाजुले माग गरेका छन् ।

मोबाइल चोरीको आरोपमा १० हजार धरौटी जम्मा गर्न नसकेको कारण थुनामा रहेका हरिजनको रोल्पा कारागारमा गत जेठ ५ गते भुण्डिएर आत्महत्या गरेको भन्दै कारागार प्रशासनले विजय बिक्रम शाहको मृत्यु भएको भन्दै शव बुझ्न फोन गरी बोलाएको मृतकका दाजु राजकुमार हरिजनले बताए ।

उनले भने–‘ सामान्य धरौटी बुझाउन नसक्दा कारागार चलान भएको भाइको मृत्यु भयो शव लैजान मलाई मात्र मोटरसाइकलमा लगियो । रोल्पा कारागार पुगेर हेर्दा भाइको शव देख । तर, शवको मुचुल्का कागजमा भने मृतकको नाम विजय विक्रम शाहको उल्लेख थियो । मैले मेरो भाइको नाम सुन्दर हरिजन हो भनेपछि खैलाबैला मच्चिएको थियो ।’

कारागारबाट मृतक सुन्दर हरिजनको सरसामान भनेर पठाइएको सामानले पनि आश्चर्यचकित बनाएको उनले बताए । उनले भने, भाइको सामान भनेर पठाइएको छ । यी सामान भाइका हुँदै होइनन् । हाम्रो यस्तो सामान पठाउने हैसियत नै छैन ।’ उनले भाइलाई कारागार प्रशासनले नै जबरजस्ती विजयविक्रम शाहको अपराधको कैद भुक्तान गर्न रोल्पा पठाएर हत्या गरेको ठोकुवा गरे ।

उनले गत ७ जेठ आइतबार रोल्पा कारागारलेई शव बुझाउदा भाइको शरीर भरी कुटपिट भएको निल डाम रहेकोले घटना आत्महत्या नभई कर्तव्य ज्यान मुद्दा भएकोले निष्पक्ष रुपमा छानवीन गरी दोषीमाथी कडा कारवाही गर्न माग गरे । उनले न्याय नपाउदासम्म शवको अन्तिम संस्कार नगर्ने अडान लिएका छन् । मृतक हरिजनको शव नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालको शव गृहमा राखिएको छ ।

रोल्पा कारागारमा मृत्यु भएका २० वर्षीय सुन्दर हरिजनलाई २ पटक चोरीको मुद्दामा जिल्ला अदालत बाँकेले २०७५र६र२३ र २०७६र१०र२१ गते गरेको फैसला बमोजिम नेपालगञ्ज कारागारमा कैद भुक्तान गरिरहेका थिए । कैद भुक्तानकै क्रममा बाँके कारागार प्रशासनले स्थान अभावको कारण नेपालगञ्जबाट २०७७र ०८र ०८ गते कारागार स्थान्तरण गरी रोल्पा कारागारमा लगिएका हरिजनको हत्या वा आत्महत्या भन्ने विषयमा सरकारले कारागार विभागका निर्देशकको नेतृत्वमा एक उच्च स्तरिय समिति गठन गरेको छ ।

घटनामा सुर्खेत वराहताल गाउँपालिका–१ घोडाआँखेका २७ वर्षीय विजयवक्रिम शाह शौचालयमा आफ्नै गलबन्दीको पासो लगाई झुण्डीएर आत्महत्या गरेको भन्दै रोल्पा कारागार प्रशासनले भुण्डिएर आत्महत्या गरेका ब्यक्तिको आफन्तलाई शव बुझाउन खोज्दा शाह परिवारले आफ्नो मान्छे नभएको बताएपछि घटना थप रहस्यमय बनेको थियो ।

कारागारको विवरण उल्लेख भएको व्यक्ति र कैद भुक्तान गर्ने क्रममा रहस्यमय मृत्यु भएका व्यक्ति अर्कै अर्थात् फरक–फरक भएको मृत्यु घटनाले बाहिर आएपछि नेपालका कारागारहरूको अवस्था झल्काएको छ ।

मृतक सुन्दरले विजय विक्रम शाहको कैद भुक्तानको लागि रोल्पा पठाईएको आशंका गर्दै गर्दा हरिजनमाथि मोवाईल चोरीको आरोप थियो भने शाहमाथि हातहतियार र खरखजनाको मुद्दामा थुनामा रहेका थिए । रोल्पा कारागारको घटनाको छानविन गर्न नेपाल सरकारले एक छानविन समिति बनाएको छ ।

 

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  ८ : ४८ बजे

Your email address will not be published.

प्रधानमन्त्रीको भारत भ्रमणमा राष्ट्रिय हितलाई प्राथमिकता दिन कांग्रेसको आग्रह

ललितपुर । नेपाली कांग्रेसले प्रधानमन्त्री वालेन्द्र शाहको मङ्सिर ६ गतेदेखि

मधेश प्रदेशको मुख्यमन्त्रीमा जसपा नेपालका यादव नियुक्त

जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका

चुनावमा सामाजिक सञ्जाल र सूचना प्रविधिको प्रयोगलाई बढाउनुपर्छ : संयोजक प्रचण्ड

भक्तपुर । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बदलिँदो

नेपाल भिडियो जर्नालिस्ट एसोसिएसन समिति गठन

काठमाडौँ । विश्व टेलिभिजन दिवसका अवसरमा काठमाडौँका विभिन्न सञ्चारमाध्यममा कार्यरत

‘एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्यो’

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाली फुटबलमाथि अन्तरराष्ट्रिय