२५ भदौ २०८३, बिहिबार | September 10, 2026

उद्योगमन्त्री बढुले ओलीको भाषणलाई स्तरहीन भनेपछि एमालेद्वारा संसदमा हंगमा



काठमाडौं । केपी शर्मा ओलीको भाषणलाईं उद्योगमन्त्री दिलेन्द्रप्रसाद बढुले दिएको प्रतिक्रियापछि एमालेका सांसदहरुले संसद बैठकमा हंगमा मच्चाएका छन् ।

बिहीबार बसेको बैठकमा एमाले अध्यक्ष केपी ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम चास्नीमा नडुबाएको जेरीजस्तो भनेर दिएको अभिव्यक्तिलाई शुक्रबारको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले भ्रष्टाचारको चास्नीमा डुबेकाले अरुलाई पनि सोही देखेको बताएका थिए । त्यसअघि बढुले प्रमुख प्रतिपक्षी दलका नेताको मन्तव्य स्तरहीन भएको आरोप लगाएका थिए । त्यसपछि एमालेका सांसदले सो अभिव्यक्ति रेकर्डबाट हटाउन माग राखेर विरोध जनाएका हुन् ।

एमालेका सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोध जनाइरहेका छन् । आयल निगम खारेज गर्न आधा कमिसन खाइसकेको भन्ने एमाले अध्यक्ष ओलीको आरोप पुष्टि गर्न मन्त्री बडूले चुनौती दिएका छन् ।

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  ११ : ५८ बजे

सेती बाढीपीडितले पठाए भोटेकोशी पीडितलाई सहयोग

कास्की । सेती नदीमा गएको विनाशकारी बाढीको पीडा भोगेका कास्कीको

नेपाल नेत्रज्योति सङ्घद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक करोड ४१ लाख भन्दा बढी सहयोग

काठमाडौं । नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट

भोटेकोशी बाढी : ‘डिएनए’ परीक्षण तीव्र

रूपन्देही । भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी

तरकारीको विषादी परीक्षण बढाइँदै

चितवन । किसानले बजारमा ल्याउने तरकारीमा विषादी बढी हुन थालेपछि

एसिसी प्रिमियर कप : नेपाल ओमानसँग खेल्दै

काठमाडौं । एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको सेमिफाइनलमा नेपाली पुरुष