९ पुस २०८२, बुधबार | December 24, 2025

मन्त्री बडूको असंसदीय शब्द हटाउन सभामुखको रुलिङ



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले शुक्रबार बिहान बसेको संसद बैठकमा बोल्दा प्रयोग भएको संसदीय शब्द हटाउन रुलिङ गरेका छन् ।

शुक्रबारको पहिलो बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीले सरकार कमिसनमा अल्झेको भन्दै लगाएको आरोप खण्डन गर्नेक्रममा मन्त्री बडूले दिएको अभिव्यक्तिमा असंसदीय शब्द प्रयोग गरेको भन्दै एमाले सांसदले नियमापत्ति जनाएका थिए । त्यसपछि बैठक चल्न नसकेपछि स्थगित गरिएको बैठक फेरि सुरु भएको हो ।

शुक्रबारको दोस्रो बैठक सुरु भएलगत्तै सभामुख अग्निप्रसाद सापकोटाले मन्त्री बडूको अभिव्यक्तिमा प्रयोग भएका असंसदीय शब्द रेकर्डबाट हटाउन संसद् सचिवालयलाई निर्देशन दिएका हुन् ।

सभामुख सापकोटाले भने – ‘माननीय सदस्यहरु आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले सार्वजनिक महत्वको वक्तव्य दिने क्रममा असंसदीय शब्द प्रयोग भएको भनि प्रमुख विपक्षी दलका माननीय सदस्यहरुले नियमापत्ति जनाउनुभएको हुँदा माननीय मन्त्रीले बोल्ने क्रममा प्रयोग गर्नुभएका असंसदीय शब्दहरु अभिलेखबाट हटाउन सचिवालयलाई निर्देश गर्दछु ।’

सभामुखको रुलिङ पछि संसद बैठक सुचारु भएको छ । सांसदहरुले सरकारले प्रस्तुत गरेको आ.व.२०७९÷८० को नीति तथा कार्यक्रमको सम्बन्धमा छलफल गरिरहेका छन ।

 

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  २ : ५१ बजे

दिगो सरसफाइका लागि नागरिकको व्यवहार परिवर्तन अपरिहार्य

बुटवल । वातावरणको दिगो सरसफाइका लागि व्यक्तिको व्यवहार परिवर्तन अनिवार्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार

अत्यधिक चिसोका कारण बुटवलका विद्यालय तीन दिन बन्द

बुटवल । अत्यधिक चिसो र शीतलहरको बढेपछि बुटवल उपमहानगरपालिकाले नगरभित्रका

निर्वाचन हुने/नहुने बहस अब निरर्थक : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आवश्यक सम्पूर्ण

सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो : गृहमन्त्री अर्याल

कर्णाली । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको मुख्य कार्यभार आगामी