४ आश्विन २०८३, आइतबार | September 21, 2026

अन्तरजातीय विवाह गर्दा गाली गरेको भन्दै बुबा-आमाको हत्या



काठमाडौं । गत २२ वैशाखमा ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ का भीमबहादुर लिम्बुले बुबा बिर्खबहादुर र आमा फिपरानी लिम्बुलाई मृत अवस्थामा भेटे ।

खुकुरी प्रहार गरी हत्या भएको अवस्थामा भीमबहादुरले बुबा-आमा भेटेका हुन् । हत्या घटना भने उक्त दिन साँझको करिब ६ बजेतिर भएको हो ।

भीमबहादुरलाई हत्या भएको खबर गर्ने भने देवीका राई हुन् । उनी २६ वर्षीय ऐतराज लिम्बुको श्रीमती अर्थात् बिर्खबहादुर र फिपरानीकी कान्छी बुहारी हुन् । भीमबहादुर भने बिर्खबहादुर र फिपरानीका माइला छोरा ।

सरकारी वकिल कार्यालय ताप्लेजुङले जिल्ला अदालतमा बिहीबार दायर गरेको अभियोगपत्रमा उल्लेख भएअनुसार देवीकाले जेठाजु भीमबहादुरलाई २२ वैशाखको साँझमा ‘ऐतराजले बुबा-आमालाई काटिरहेको छ’, भनेका थिए ।

त्यसपछि कुद्‍दै जाँदा बाटैमा ऐतराजलाई भेटेको र उनले बुबा-आमालाई गर्धनमा खुुकुरी प्रहार गरी हत्या गरेको बताए । झन आत्तिँदै घर पुग्दा त दुवै जना मृत अवस्थामा देखिएको भीमबहादुरले वयानमा भनेका छन् ।

भीमबहादुरले वयानमा थप भनेका छन्, ‘भाइ (ऐतराज)ले पहिले पनि बुबा-आमासँग विवाद झगडा गरी बुबा-आमालाई काट्ने मार्नेजस्ता धाकधम्की दिने गर्दै आएका थिए । तर, मैले बुबा-आमासँग झगडा गर्नु हुँदैन भन्दै आएको थिएँ ।’

भीमबहादुरका अनुसार बिर्खबहादुर र फिपरानीको चाहना कान्छा छोरा ऐतराजको बिहे लिम्बु जातिकै युवतीसँग होस् भन्ने थियो । तर, उनले राई जातिकी देवीकासँग गत चैतमा बिहे गरे । त्यसपछि बुबा बिर्खबहादुर र आमा फिपरानी बेखुस थिए ।

उनीहरूले बुहारी देवीकाले पकाएको खाना खान नमान्‍ने, आफूलाई पनि हेलासँगै गाली गर्ने गरेको ऐतराजले प्रहरीसामु बताएका छन् ।

२२ वैशाखमा भने मादक पदार्थ सेवन गरेर मातेको र आफू लाब्जेनमा भेडा चराएर आउँदा फेरि अन्तरजातीय विवाह गरेको भन्दै गाली गरेको ऐतराजले प्रहरीसामु बयान दिएका छन् ।

गाली गरेपछि आफू सुङ्गुरलाई चारो टिप्‍न गइ घर आएको र त्यसबेला पनि गाली गर्न नछाडेपछि विवाद हुँदा अन्तत: बुबा बिर्खबहादुर ‘मार्छस् भने मार’ भन्दै आएकाले कम्मरमा भिरेको खुकुरी निकालेर गर्धनमा प्रहार गरेको ऐतराजको बयान छ ।

बयानमै बिर्खबहादुरलाई गर्धनमा प्रहार गर्ने बित्तिकै आमा फिपरानी पनि ‘बुबालाई तैँले मारिस्, मलाई पनि मार’ भन्दै आएकाले रिसको आवेगमा आमालाई पनि गर्धनमै खुकुरी प्रहार गरी हत्या गरेको उल्लेख छ ।

हत्या आरोपी ऐतराजविरुद्ध जिल्ला अदालत ताप्लेजुङमा कर्तब्य ज्यान मुद्दा दर्ता छ ।

सरकारी वकिल कार्यालयले मुलुकी अपराध संहिता-२०७४ को दफा १७७ (२) अनुसार जन्मकैदको सजाय माग दाबी गरेको जिल्ला न्यायाधिवक्ता पुष्पराज बाँस्तोलाले जनाएका छन् ।

 

प्रकाशित मिति : १४ जेष्ठ २०७९, शनिबार  ११ : ०४ बजे

एन्फाका कोषाध्यक्ष र लेखाप्रमुख पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

नेपाली कांग्रेसको ७३ जिल्लामा वडा अधिवेशन सम्पन्न, बाँकी भोली हुने

काठमाडौं ।  नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशनअन्तर्गत दोस्रो दिन

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी

जलवायु न्याय खोज्दै मनास्लु आधार शिविरमा बसेका युवाको अनशन स्थगित

गोरखा । मनास्लु आधारशिविरमा युवाहरुले तीन दिनदेखि गरेको आमरण अनशन