२० श्रावण २०८३, बुधबार | August 5, 2026

बुटवल उपमहानगरपालिकामा विजयी नेवाः जनप्रतिनिधिहरुलाई सम्मान



बुटवल । नेवा: सेवा समिति बुटवलले बुटवल उपमहानगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई, सम्मान कार्यक्रम गरेको छ ।

स्थानिय निर्वाचनमा बुटवल उपमहानगरपालिकाका विभिन्न वडाका विजेता वडाअध्यक्ष, सदस्यहरुलाई नेवा: सेवा समितिका अध्यक्ष चिरञ्जीवी श्रेष्ठ, बुटवलका उद्योगी समाजसेवी देविध्वज श्रेष्ठ, सल्लाहकार गोबिन्द कृष्ण कर्माचार्य, सल्लाहकार नवराज श्रेष्ठ, समितिका सचिव लक्ष्मण श्रेष्ठ, सदस्य लक्ष्मी श्रेष्ठले सम्मान पत्र, खादा र टिका लगाएर सम्मान गरेक छन् ।

कार्यक्रममा वडा नं ९ का वडाअध्यक्ष प्रदिप कुमार श्रेष्ठ, वडा नं ५ वडाअध्यक्ष हरिप्रसाद श्रेष्ठ, वडा न २ का वडाअध्यक्ष सुनिल शाक्य, वडा नं २ का वडा सदस्य गौतमलाल शाक्य, वडा नं ३ का वडा सदस्य पवित्रादेवि श्रेष्ठ, वडा नं ४ सदस्य अरुण कुमार श्रेष्ठ, वडा नं ५ सदस्य यमुना श्रेष्ठ, वडा नं ६ चिनकाजी श्रेष्ठलाई दुबोको माला लगाईदिएर बधाई तथा सम्मान गरिएको थियो ।

कार्यक्रममा सल्लाहकार नवराज श्रेष्ठले नेवारी संस्कार, संस्कृति जगेर्नाको मुल उदेश्य सहित समाजमा विवाद उत्पन्न नगर्ने गरि कार्यक्रमहरु ल्याउनुपर्ने सुझाव दिए । नेवार जातिहरुले ठाउँ बसाईसराईसंगै नया क्षेत्रको आर्थिक विकाससंगै संचारको माध्यमका रुपमा समुदायमा योगदान दिएको दाबी गर्दै यसको आफैले फाईदा लिन नसकेको दुखेसो गरे ।

कार्यक्रममा समाजसेवी तथा समितिका चिरञ्जीवी जोशीले आफ्नै भाषा, संस्कृति, पहिचान भएको नेवार समुदाय अहिले पछि परेको भन्दै यसको संरक्षणमा संस्थागत रुपमा लाग्नुपर्ने बताए ।

वडा नं ९ का वडाअध्यक्ष प्रदिप श्रेष्ठ, वडा नं ५ वडाअध्यक्ष हरिप्रसाद श्रेष्ठले नेवारी भाषा, संस्कार र संस्कृति जगेर्ना गर्ने प्रतिवद्धता  जनाए । बुटवल उपमहानगरपालिकाको १९ वडामा २८ जना जनप्रतिनिधिहरु उम्मेदवारी दिएका थिए ।

प्रकाशित मिति : १४ जेष्ठ २०७९, शनिबार  ५ : ३१ बजे

बाढी-पहिरोबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौं । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण

ग्यास वितरणका समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास वितरणका

११४ दिनपछि काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयको ताला खुल्यो

काठमाडौँ । भाडासम्बन्धी विवादका कारण चार महिनादेखि तालाबन्द रहेको भृकुटीमण्डपस्थित

सुनसरी-सिरहा घटनाका मृतकलाई क्षतिपूर्ति र घाइतेको उपचार सरकारले गर्ने

काठमाडौं । सरकारले सुनसरी र सिरहामा हालै भएका प्रदर्शनका क्रममा

विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह

काठमाडौं । सरकारले विदेशबाट नेपाल आउने नेपालीलाई अपरिचित व्यक्ति, दलाल