२९ असार २०८३, सोमबार | July 13, 2026

नेपाल एक चीन नीतिमा प्रतिवद्ध छ, बीआआईमा बुद्धिमत्तापूर्ण निर्णय लिन्छ : देउवा



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार नेपाल एक चीन नीतिप्रति दृढ रहेको बताएका छन् ।

प्रधानमन्त्री देउवाले छिमेकी मित्र राष्ट्रविरुद्ध नेपालको भूमि प्रयोग हुन नदिन पनि सरकार सचेत रहेको बताए ।

शनिबार सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा देउवाले आफूले विगतमा पनि प्रधानमन्त्री हँुदा चीन विरुद्ध सक्रिय नेपालको एक संस्थालाई रोक लगाएको दावी समेत गरे ।

प्रधानमन्त्री देउवाले बीआरआईलगायतका विकास सहायता लिने विषयमा पनि सरकारले बुद्धिमतपूर्ण निर्णय लिने बताए । उनले भनmे ‘नेपाल एक चीन नीतिप्रति दृढ छ । छिमेकी मित्र राष्ट्रविरुद्ध नेपालको भूमि प्रयोग हुन नदिन नेपाल सरकार सचेत छ । विगतमा चीनविरुद्ध नेपालमा सक्रिय संस्थालाई मैले रोक लगाएको कुरा स्मरण गराउन चाहन्छु । बीआरआईलगायतका अन्य विकास सहायता प्राप्त गर्ने विषयमा राष्ट्रिय आवश्यक्ता, क्षमता र उपादेयताको आधारमा निर्धारण हुने भएकाले नेपाल सरकार बुद्धिमतापूर्ण ढंगले यस्ता विषय उचित निर्णय गर्नेछ ।’

प्रकाशित मिति : १४ जेष्ठ २०७९, शनिबार  ८ : ३१ बजे

कालोपत्रपछि बर्खायाममा सहज बन्यो दोर्दीको केन्द्र जोड्ने सडक

लमजुङ । अघिल्लो बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने सडकका

‘हरित आय’ले बदलेको महिलाको दैनिकी

बागलुङ । तीन वर्ष अघिसम्म बडिगाडका महिला चुलोचौको र खेतबारीकै

पूर्वाधार विकासमा अग्रसर व्यास

तनहुँ । व्यास नगरपालिकाले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै सडक

मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध

इलाम । मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क-राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ

ढिलासुस्तीले खोटाङका दुई सडक कालोपत्र योजना अधुरै

खोटाङ । निर्माण व्यवसायीले समयमा काम नगर्दा खोटाङका दुई सडकको