१२ बैशाख २०८१, बुधबार | April 24, 2024

खबर खोजको दुई वर्षे यात्रा



संज्ञान मिडिया प्रालीद्वारा संचालित खबरकुरा डट कम आजदेखि तेस्रो वर्षमा प्रवेश गरेको छ । अनेकौं चुनौतीको बीचमा पनि आफ्नो उद्देश्यअनुसार निरन्तर खबर पस्किन सकेकोमा हामी सबैभन्दा पहिला देश विदेशमा रहनुभएका आम पाठकप्रति नमन व्यक्त गर्न चाहन्छौं । यहाँहरुले हामीप्रति दर्शाउनु भएको विश्वास, माया, सद्भावले हामीलाई निरन्तर अघि बढ्ने हौसला प्रदान गरेको छ ।

हामीलाई सहयोग गर्नुहुने विभिन्न विज्ञापनदातालाई हामीले विशेष आभार व्यक्त गर्दछौं । कोरोना महामारीलगायत विभिन्न कारणले देशको समग्र अर्थतन्त्र नै संकटमा परेको बेलामा पनि यहाँहरुले हामीलाई गर्नुभएको मायाकै कारण हामी टिक्न सकेका छौं । यसैगरी हामीलाई निरन्तर साथसहयोग गर्नुहुने र सत्मार्गमा अघि बढ्न प्रेरित गर्नुहुने सबै सबै शुभचिन्तकहरुप्रति हामी उत्तिकै आभार व्यक्त गर्दछौं ।
दुई वर्ष अगाडि आजकै दिन संघीय राजधानी काठमाडौं र लुम्बिनी प्रदेश मुकाम बुटवलबाट एकैदिन कार्यालय स्थापना गरी अनलाइन संचारमाध्यमको समुहमा खबरकुरा डटकम प्रस्तुत भएको थियो । लामो समयदेखि सयौं अनलाइन संचार सञ्जालहरु बजारमा सक्रिय रहेकै अवस्थामा खबरकुरा डटकमको उदय भएको थियो । दुई वर्षअघि कान्छो समाचार माध्यम बनेर प्रस्तुत भएको खबरकुरा डटकमले यसबीचमा लाखौं पाठकको माया पाउन सफल भएको छ । देश विदेशमा रहनुभएका लाखौं पाठकको उत्प्रेरणाले नै हाम्रो टिमलाई खबरको दुनियामा अझै बढी जिम्मेवार बन्न, अझै बढी खोजमुलक सामाग्री पस्कन र अझै बढी सक्रिय बन्न झक्झकाइदिएको छ ।

दुई वर्षको यात्रामा हामीले समाजमा रहेका बिकृति विसंगतीका विरुद्ध कलम चलाउन कहिँकतै डगमगाएनौं । भ्रष्टाचार र कुशासनका विरुद्ध कलम चलाउन डराएनौ र हामी समाज, समुदाय र मुलुक परिवर्तनका लागि भएका सकारात्मक पहलकदमीको प्रशंसा गर्न पनि कहिँकतै चुकेनौं । निर्भिक र तटस्थ समाचार लेख्न नडग्मगाउने हाम्रो हिम्मतकै कारण हामी कहिल्यै कसैको पक्षमा वा विपक्षमा उभिएनौं । जो कोहीले गरेका गलत क्रियाकलापको विरुद्ध उभिँदा गलत गर्नेहरुले आफ्नो विपक्षमा गएको महसुस गरेपनि आम जनसमुदायका नजरमा हामी पटक पटकको परीक्षा पार गर्दै अघि बढिरहेका छौं ।

कुनैपनि घटनालाई अतिरन्जित गर्ने, अनावश्यक उछाल्ने र समाजमा नकारात्मक भावना फैलाउने कामको विपक्षमा उभिने हाम्रो सुरुवाती प्रतिवद्धतामा हामी अडिग छौं र सधैं यो अडान कायम रहने छ । यो भित्ता वा त्यो भित्ताको आड नलिई सञ्चारगृहहरु संचालन हुन सक्दैन भन्ने भ्रमलाई चिर्दै सञ्चार, सञ्चारकर्मी र पत्रकारिताको आधारभूत धर्म कहिल्यै नछाड्ने प्रतिबद्धता पनि व्यक्त गर्दछौं ।

तेस्रो वर्ष प्रवेशकै दौरानमा देशैभर नयाँ उत्साह र उमंगकासाथ जनप्रतिनिधिहरुले जिम्मेवारी सम्हालिरहेका छन् । निर्वाचनका बेला हाम्रो जसरी सन्तुलित र तटस्थ खबरदारी रह्यो त्यसैगरी देश विकासको जगमा रहेको स्थानीय तहका जनप्रतिनिधिहरुलाई उनीहरुको सकारात्मक पहलको प्रशंसक र गलत प्रवृतिको विपक्षमा उभिएर हामीले समाचार लेख्नेछौं ।

मिडियाको भिडबाट पाठकलाई अझ उत्कृष्ट, निष्पक्ष र रोचक सामग्री दिलाउनु नै हाम्रो मूल लक्ष्य हो । न्यूज रुममा कृतिम कथा बुनेर पाठकलाई त्यसको भारी बोकाउन हामी चाहँदैनौं । संचारकर्मीले जहिले पनि रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्छ भन्ने सिद्धान्तमा हामी अडिग छौं ।

सफलताको दोस्रो वर्ष पुरागरी तेस्रो वर्षमा प्रवेश गरेको अवसरमा पुनः एकपटक सम्पूर्ण पाठक, विज्ञापनदाता, विज्ञापन एजेन्सी र शुभचिन्तकहरुमा हार्दिक आभार व्यक्त गर्दछौ । यो विशेष अवसरमा हामी व्यावसायिक पत्रकारिता र आदरणीय पाठकहरुप्रति अझ जिम्मेवार बन्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छौं । हाम्रो उद्देश्यमा विगतमा जस्तै यहाँहरुबाट आलोचनात्मक चेतका साथ रचनात्मक सहयोगको अपेक्षा गर्दछौं ।

 

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  ९ : ४७ बजे

बुटवलमा रहेको सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि ७ औं वर्षमा प्रवेश

बुटवल । युवा विशेषज्ञ चिकित्सकहरुको लगानीमा स्थापना भएको बुटवलमा सञ्चालित

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा

रविको दाबी – हरेक महिना ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि

तिलोत्तमाको जंगलमा डढेलो निभाउन गएको दमकल आफै जलेर ध्वस्त

बुटवल । रुपन्देहीमा डढेलो निभाउन गएको एक दमकल आफै डढेलोको

कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा