२४ बैशाख २०८१, सोमबार | May 6, 2024

१०९५ दिनको अविचलित यात्रा … … …



काठमाडौं । आज जेठ १५ । संघीय गणतन्त्र स्थापना भएको दिन अर्थात लोकतान्त्रिक आन्दोलनको उत्कर्षको दिन । लाखौं जनताको सहभागिता र हजारौं जनताको वलिदानी संघर्षबाट नेपालमा गणतन्त्र स्थापना भएको थियो । र, यही ऐतिहासिक उथलपुथलकारी दिनको अवसर पारेरै हामी पत्रकारितामा डिजिटल विधाको रुपमा स्थापित अनलाइन मिडियामा प्रवेश गरेका थियौं । सबैभन्दा पहिला हामी गणतन्त्र दिवसको अवसरमा हाम्रा पाठक, विज्ञापनदाता, शुभचिन्तकहरुप्रति शुभकामना व्यक्त गर्दछौं ।

श्रमजीवि सञ्चारकर्मीहरुको पहलमा संघीय राजधानी काठमाडौं र लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट एकैदिन कार्यालय सञ्चालन गरी संज्ञान मिडिया प्रालीको व्यानरमा हामीले खबरकुरा डटकम सञ्चालनमा ल्याएका थियौं तीनवर्ष पहिले । आज हामी चौंथो वर्षमा प्रवेश गरेका छौं । चुनौतीका चाङको बीचमा तीन वर्ष पुरा गर्न पाएको खुशी हाम्रा पाठक, विज्ञापनदाता, शुभचिन्तक र आलोचकहरुसँग समेत साट्न पाउँदा हामी आफुलाई फेरि पनि गौरवान्वित सम्झिएका छौं ।

हामीलाई साथ सहयोग र माया गर्ने देश विदेशमा रहनुभएका आम पाठकप्रति नमन व्यक्त गर्न चाहन्छौं । यहाँहरुले हामीप्रति दर्शाउनु भएको विश्वास, माया, सद्भावले नै हामीलाई निरन्तर अघि बढ्ने हौसला प्रदान गरेको छ । तेस्रो वार्षिकोत्सवको यो विशेष अवसरमा व्यावसायिक पत्रकारितामा प्रतिवद्धता जनाउँदै आदरणीय पाठकहरुप्रति अझ जिम्मेवार बन्ने वाचा गर्दछौं ।

तीन वर्षको यात्रामा हामीले समाजमा रहेका विकृति विसंगतीका विरुद्ध कलम चलाउन कहिँकतै डगमगाएनौं । भ्रष्टाचार र कुशासनका विरुद्ध कलम चलाउन डराएनौ र हामी समाज, समुदाय र मुलुक परिवर्तनका लागि भएका सकारात्मक पहलकदमीको प्रशंसा गर्न पनि कहिँकतै चुकेनौं । निर्भिक र तटस्थ समाचार लेख्न नडग्मगाउने हाम्रो हिम्मतकै कारण हामी नत कहिल्यै कसैको पक्षमा उभियौं नत विपक्षमै । जो कोहीले गरेका गलत क्रियाकलापको विरुद्ध उभिँदा गलत गर्नेहरुले आफ्नो विपक्षमा गएको महसुस गरेपनि आम जनसमुदायका नजरमा हामी पटक पटकको परीक्षा पार गर्दै अघि बढिरहेका छौं ।

हामीले अनलाइन सुरु गर्ने समयमा कोरोना महामारीले भर्खरै उग्र रुप लिँदै थियो । देशमा लकडाउन भएकै अवस्थामा चुनौतीको यात्रा सुरु भएको थियो । लामो समयसम्म कोरोना महामारी र पछिसम्म त्यसको प्रभाव, विश्वव्यापी रुपमा देखिएका उथलपुथलकारी भूराजनीतिक गतिविधि र रुस युक्रेन युद्धको मारमा विश्व अर्थव्यवस्था नै प्रभावित हुँदा त्यसको बाछिटा नेपालमा नपर्ने कुरै भएन । देशको अर्थतन्त्रलाई बाह्य गतिविधिले जति प्रभाव पार्यो आन्तरिक राजनीतिक खिचातानी र भ्रष्ट गतिविधिले झन बढी तन्नम बनायो । आर्थिक सूचकहरु सबैतिर ऋणात्मक बन्दा त्यसको प्रत्यक्ष मारमा हामी समेत परेका छौं । यद्यपी हामीलाई बचाइराख्न आदरणीय विज्ञापनदाताले संकटपूर्ण अवस्थामा पनि निरन्तर सहयोग गरिरहनुभएको छ । हामी ती सबै विज्ञापनदाताहरुलाई पुनः एकपटक नमन गर्न चाहन्छौं ।

मिडियाको भिडबाट पाठकलाई अझ उत्कृष्ट, निष्पक्ष र रोचक सामग्री दिलाउनु नै हाम्रो मूल लक्ष्य हो । न्यूज रुममा कृतिम कथा बुनेर पाठकलाई त्यसको भारी बोकाउने हामी चाहँदैनौं । संचारकर्मीले जहिले पनि रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्छ भन्ने सिद्धान्तमा हामी अडिग छौं ।

यो विशेष अवसरमा हामी व्यावसायिक पत्रकारिताको अभ्यास गर्दै आदरणीय पाठकहरुप्रति अझ जिम्मेवार बन्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छौं । हाम्रो उद्देश्यमा विगतमा जस्तै यहाँहरुबाट आलोचनात्मक चेतका साथ रचनात्मक सहयोगको अपेक्षा गर्दछौं । हाम्रो लेखाइ र प्रस्तुतीमा हामी सधैं सजग बन्नेछौं । सन्तुलित खबरको विश्वसनीय संयोजन हाम्रो भिजन हो । खबरकुरा डट कमलाई हाम्रा पाठकको माया मिल्नेछ । पाठकको सुझाव र आलोचना नै हाम्रो मार्गदर्शन बनिरहनेछ । ‘तपाईं हुनुहुन्छ जहाँ, देश दुनियाँको खबर पुग्छ त्यहाँ’ भन्ने सन्देशसहित हाम्रो यात्रा सुरु भएको थियो । चौंथो वर्षमा पनि यो यात्रा अविचल रहनेछ । बदलिएको परिस्थितिमा चुनौतीका बीच पनि पाठकलाई निरन्तर सुसूचित गराइहनेछौं ।

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार  ७ : ०८ बजे

युरोपमा वायु प्रदूषणको नयाँ कानुन, बिरामी परेमा क्षतिपूर्ति माग्न सकिने

काठमाडौँ । वायु प्रदूषण रोक्न अब युरोपमा राजनीतिक प्राथमिकता भएको

संरक्षण थालिएको ताल नै सुकेपछि…

ढोरपाटन । बागलुङको काठेखोला गाउँपालिका-४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म

भूकम्पले क्षति पु¥याएको अर्लाङ्दी मन्दिर जीर्णोद्धार

गोरखा । भूकम्पले क्षति पु¥याएको गोरखाको सहिद लखन गाउँपालिका-४ स्थित

सात हजार पशुपन्छीको उपचार

कैलाली । कैलालीस्थित रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन

बाँकेमा पाँच हजार हेक्टर वनमा डढेलो

नेपालगञ्ज । बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच