११ चैत्र २०८२, बुधबार | March 25, 2026

लागुऔषध खैरो हिरोइनसहित चार पक्राउ



कञ्चनपुर । लागुऔषध खैरो हिरोइनसहित प्रहरीले बेलौरी नगरपालिका-७ पौलाहा मसानघाट क्षेत्रबाट चार जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार हिजो साँझ इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले १५ दशमलव ९८ ग्राम लागुऔषध खैरो हिरोइनसहित चारै जनालाई पक्राउ गरेको हो ।

उनका अनुसार पक्राउ पर्नेमा धनगढी उप-महानगरपालिका-१३ एयरपोर्ट बस्ने वर्ष २२ का दीपक भट्ट, वर्ष १८ का विवेक चौधरी, वर्ष २५ का किशोर राना र वर्ष ३५ का कालुराम राना छन् ।

से ५ प २२०९ नम्बरको मोटरसाइकलमा सवार दीपक र विवेकको साथबाट ४ दशमलव ३९ ग्राम र सुपप्र ०१००९ प ८१८ नम्बरको मोटरसाइलमा सवार किशोर र कालुरामको साथबाट ११ दशमलव ५९ ग्राम लागुऔषध खैरो हिरोइन बरामद गरिएको प्रहरी नायब उपरीक्षक शाहले बताए ।

मोटरसाइकलको टुल बक्स र सेतो प्लास्टिकको थैलाभित्र लुकाइछिपाई चारै जनाले लागुऔषध खैरो हिरोइन लग्दै गरेको अवस्थामा प्रहरीको टोलीले शङ्का लागि जाँच गर्दा फेला पारेको हो ।

लागुऔषध र मोटरसाइलसहित पक्राउ परेका चारै जनामाथि प्रहरीले आवश्यक अनुसन्धानको कार्य गरिरहेको छ । चार दिनअघि मात्रै प्रहरीले बेलौरी क्षेत्रबाटै चार जनालाई लागुऔषध खैरो हिरोइनसहित पक्राउ गरेको थियो ।

 

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  ११ : ३४ बजे

चितवनमा चौध वर्षमुनिका २७ जनामा क्षयरोग

चितवन । चालु आर्थिक वर्षमा जिल्लामा ६२३ जना क्षयरोगबाट पीडित

उदाउँदो सूर्यलाई अर्घ दिँदै वासन्ती छठ सम्पन्न

महोत्तरी । मधेसको प्राचीन मिथिला क्षेत्रमा आज बिहान उदाउँदो सूर्यलाई

बुटवलमा फोहोरबाट व्लक इँटा उत्पादन सुरु

बुटवल । देशभर फोहोर व्यवस्थापन चुनौतीका रूपमा देखिइरहेका बेला बुटवल

हिरासतमा रहेका र बेपत्ता राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस मनाइँदै

काठमाडौं । आज हिरासतमा रहेका र बेपत्ता पारिएका संयुक्त राष्ट्रसङ्घका

साफ यू-२० च्याम्पियनसिप : आज नेपाल र श्रीलंका भिडदै

काठमाडौं । साफ यू-२० च्याम्पियनसिप अन्तर्गत नेपाल यू-२० फुटबल टोलीले