२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

वेपत्ता जहाज खोज्न हेलिकोप्टर परिचालन



काठमाडौं । पोखराबाट मुस्ताङको जोमसोम उडेको तारा एयरको जहाज वेपत्ता भएपछि खोजविनका लागि हेलिकोप्टर परिचालन गरिएको छ ।
खोजीका लागि फिस्टेल एयरको हेलिकोप्टर पठाइएको पोखरा नागरिक उड्डययन कार्यालयका प्रमुख देवराज सुवेदीले जानकारी दिएका छन् ।

हेलिकोप्टरले टुकुचे, घाँसा, लेते आसापको धौलागिरी क्षेत्रमा खोजी सुरु गरेको छ । जहाज जोमसोमको आकाशमा देखिएपनि लगत्तै धौलागिरी हिमालतिर फर्किएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताएका छन् ।

बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको जहाज १० बजेर १० मिनेटपछि सम्पर्कबिहीन बनेको थियो । जहाज अहिलेसम्म भेटिएको छैन ।

उक्त जहाजमा १३ नेपाली, ६ भारतीय यात्रुसहित तीन जना चालकदलका सदस्य रहेका थिए । जहाजमा रहेका २२ जनाकै नाम खुलिसकेको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  ११ : ४८ बजे

इरानी स्कुलमा भएको मिसाइल आक्रमण पीडितलाई चीनले २ लाख डलर सहयोग दिने

बेइजिङ । चीनले पश्चिमएशिया युद्धको सुरुआतमा इरानको एक विद्यालयमा भएको

एलपी ग्यास संकटबारे सरकारसँग सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं । राजधानीमा पछिल्ला दिनहरूमा देखिएको खाना पकाउने एलपी ग्यासको

इरानी नाविकका शव श्रीलङ्काबाट फिर्ता

कोलम्बो । श्रीलङ्काले आफ्नो तट नजिक अमेरिकी पनडुब्बीको आक्रमणमा मारिएका

‘पश्चिम एशियामा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

काठमाडौं । नेपालमा भित्रने विप्रेषण (रेमिट्यान्स) र इन्धनको प्रमुख स्रोतका

ग्यास, पेट्रोलियमको आपूर्ति सुनिश्चित गर्न मानवअधिकार आयोगद्वारा सरकारलाई निर्देशन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज