५ मंसिर २०८३, शनिबार | November 21, 2026

निजगढ विमानस्थल निर्माण रोक्ने निर्णय पुनरावलोकन नभएसम्म बारामा आन्दोलन जारी रहने



बारा । निजगढमा निर्माण हुने भनिएको अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्च अदालतले गरेको फैसलाको विरोधमा आइतवार साँझ निजगढमा स्थानीय युवाहरुले मशाल जुलुस प्रदर्शन गरेका छन् ।

स्वतन्त्र निजगढ युवा विद्यार्थी सरोकार मन्चको आयोजनामा युवाहरुले निजगढस्थित पूर्वपश्चिम लोकमार्गको विभिन्न स्थानबाट मशाल जुलुस प्रदर्शन गरेका हुन् ।

मशाल जुलुस नियन्त्रण गर्न सुरक्षाकर्मी परिचालन गरिएपछि युवाहरुले नगरका विभिन्न स्थानबाट मशाल निकालेका हुन । उनीहरुले निजगढस्थित बुद्ध चोक, शहिद चोक र लायन्स चोक लगायका स्थानबाट छड्के जुलुस निकालेका हुन् ।

मशाल जुलुसपछि भएको कोषसभालाई सम्बोधन गदै बाराका नेता तथा निजगढ सरोकार समितिका संयोजक एकबहादुर श्रेष्ठले सर्वोच्चले त्रुटिपूर्ण निर्णय गरेर विकासमा अवरोध गरेको भन्दै जिल्लामा बन्ने राष्ट्रिय महत्व बोकेको गेमचन्जर योजनामाथि अकल्पनीय ढंगले अदालतबाट आदेश हुनु दुर्भाग्यपूर्ण भएको बताएका छन । उनले अन्तर्राष्टिय विमानस्थल निर्माणको चर्चाले तराईवासीमा बढेको उत्साह र समृद्धिको सपनालाई सर्वोच्चको निर्णयले तुसारापात गरेको बताए ।

यस्तै सभालाई सम्बोधन गदै पूर्वमन्त्री एवं एमाले नेता पुरुषोत्तम पौडेलले भने, ‘विमानस्थल बन्न नदिन दक्षिण ९विदेशी०को इसारामा भएको आदेशको प्रतिवाद गर्नु सबै देशभक्त नेपालीको कर्तब्य हो र सर्वोच्चको आदेश विकास विरोधी फर्मान हो,’ पूर्वमन्त्री एवं एमाले नेता पौडेलले भने ।

‘यसले देश र खासगरी मधेस प्रदेशलाई नै बर्वाद पार्छ । भएका निर्णय बदर गर्नु, अर्को ठाउँमा ब्यवस्थापन गर्नु भन्नुभन्दा अदालतले नै देश सञ्चालन गर्नुपर्ने आवस्था आयो । यो निर्णयले मधेस प्रदेशलाई नै असर पारेको छ,’ पूर्वमन्त्री एवं एमाले नेता पौडेलले भने ।

यसअघि आइतवार बिहान युवा तथा विद्यार्थीहरुले शहिद चोकमा धर्ना र चक्का जाम गरेका थिए । चक्काजामका कारण राजमार्गमा दर्जनौं सवारीसाधनका यात्रु र ढुवानीका साधन अलपत्र परेका थिए । धर्नामा सहभागीहरुले सर्वोच्चको निर्णय फिर्ता गर, विकासप्रेमी जनता एक हौं, भारतीय विस्तारवाद मुर्दावाद जस्ता नारा लगाएका थिए ।
कार्यक्रममा सहभागीहरुले सर्वोच्च अदालतको निर्णय पुनरावलोकन नभएसम्म आन्दोलन जारी राख्ने सहभागी ईराज कोइरालाले बताए ।

त्यसैगरी निजगढ सरोकार समितिको आइतवार बसेको बैठकले सर्वोच्चको निर्णय पुनरावलोकन नभए आगामी १८ गते बुधवार निजगढ बजारमा विरोध प्रदर्शन गर्ने भएको छ । समितिका संयोजक एकबहादुर श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले विमानस्थलन निर्माण विरुद्ध सर्वोच्च अदलतको फैसला पुनरावलोकन नभएसम्म आन्दोलन जारी राख्ने निर्णय गरेको हो ।

उता, काठमाडौं बस्दै आएका निजगढबासीले आइतबार दिउँसो पनि माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । निजगढ विकासप्रेमी समूहको नाममा काठमाडौं विभिन्न पेसा र व्यवसाय गर्दै आएकाहरुले अदालतको निर्णयविरुद्ध प्रदर्शन गरेका हुन्।

सर्वोच्चको आदेश दुर्भाग्यपूर्ण भएकाले खबरदारी स्वरुप आफूहरुले प्रदर्शन गरेको हाल काठमाण्डौं बस्दै आएका बाराका युवा नेता दामोदर मैनालीले बताए । अदालतले फैसला नसच्चाए थप आन्दोलन गर्ने घोषणा मैनालीले गरे ।

 

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  १० : ०४ बजे

Your email address will not be published.

एनपिएल विजेता टोली सुदूरपश्चिम रोयल्सलाई प्रधानमन्त्रीको बधाई

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग ९एनपिएल०को तेस्रो

सुदूरपश्चिम रोयल्स एनपिएल च्याम्पियन

काठमाडौं । सुदूरपश्चिम रोयल्स तेस्रो प्रयासमा नेपाल प्रिमियर लिग (एनपिएल)

प्रधानमन्त्री शाह आइतबार भारतको राजकीय भ्रमणमा जाँदै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह आइतबार दिउँसो भारतको राजकीय भ्रमणमा

स्तन क्यान्सर समयमै पहिचान भए उपचार प्रभावकारी

काठमाडौँ । स्तन क्यान्सरको समयमै पहिचान र उपचार गर्न सके

दैलेखमा बन्चरो प्रहारबाट आमा र दुई छोराछोरीको मृत्यु, एक बालक गम्भीर घाइते

दैलेख । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–३, पानीखोलामा एक व्यक्तिले बन्चरो