१३ पुस २०८२, आइतबार | December 28, 2025

सेनाको हेलिकोप्टरमा इन्धन सकिएर जोमसोममा थन्कियो, उद्धार कार्य प्रभावित



काठमाडौं । तारा एयरको दुर्घटनाग्रस्त विमान फेला परे पनि उद्धार कार्य हुन सकिरहेको छैन । उद्धारका लागि तैनाथ गरिएको नेपाली सेनाको हेलिकोप्टर इन्धन सकिएपछि जोमसोम विमानस्थलमै छ ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद रिजालले भर्खरै इन्धन जोमसोम पठाइएको बताए ।

‘सेनाको हेलिकोप्टर उद्धारका लागि हिजै जोमसोम गएको हो । तर, इन्धन सकिएको छ । हामीले भर्खरै पठाएका छौँ । इन्धन पुगेपछि सेनाको टोलीले हेलिकोप्टरमार्फत उद्धार थाल्ने छ ।’

उनले दुर्घटनास्थलमा मौसम सफा पनि नभएको जानकारी दिए ।

आज बिहान तारा एयरको विमान मुस्ताङको थासाङ गाउँपालिका–२ को शनिश्चरेमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो । दुर्घटनाग्रस्तस्थल १३ हजार फिट उचाइमा पर्दछ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार  ८ : २६ बजे

बिरामी भएर बिस्तरामा दिसापिसाव गरेको भन्दै भाई र बहिनीले गरे दाईको कुटीकुटी हत्या

बुटवल । बिरामी भएर बिस्तरामै दिसापिसाव गरेको भन्दै भाई र

होटल कलपत्रुले नेपालगन्जमा ‘न्यु इयर ईभ’ आयोजना गर्दै

नेपालगन्ज । नेपालगन्जमा संचालनमा रहेको चारतारे होटल कलपत्रुले नेपालगन्जमा अंग्रेजी

जेनजी आन्दोलनका सहिद ‘परिवारको मियो उखेलियो, अब केले सान्त्वना होला ?

काठमाडौं । “हाम्रो परिवारको मियो नै उखेलियो,” जेनजी आन्दोलनका सहिद

रसुवागढी नाकाको मितेरी पुलबाट आवतजावत सुरू

रसुवा । छ महिनादेखि बन्द रहेको रसुवागढी नाकामा आजदेखि आवतजावत

चिसोले महोत्तरीका विद्यालय बन्द

जलेश्वर । अत्यधिक जाडो भएपछि महोत्तरीका स्थानीय तहले विद्यालय बन्दको