२५ भदौ २०८३, बिहिबार | September 10, 2026

बजेट चुनाव लक्षित छैन, नीति कार्यक्रम अनुसार ल्याएका छौं : अर्थमन्त्री शर्मा



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सरकारको प्रस्तुत गरेको नीति तथा कार्यक्रम अनुसार नै बजेट आएको दावी गरेका छन् ।

अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेटमा रोजगारी सृजना गर्ने, गरिवीको अन्त्य गर्ने, हाम्रा स्रोत, साधनहरुको सही परिचालन र व्यवस्थापन गर्ने कुरा उल्लेख गरिएको पनि बताए । सोमबार बजेटबारे आयोजित पत्रकार सम्मेलनमा बोल्दै शर्माले बजेट चुनावलाई लक्षित गरेर नल्याएको दाबी गरे ।

बजेटमा लक्ष्य निर्धारण गरेर नै विभिन्न विषयमा अघि बढने संकल्प लिइएको उनले जिकिर गरे अर्थमन्त्री शर्माले भने, ‘नीति तथा कार्यक्रमले निर्देश गरे अनुसार बजेट ल्याइएको छ । बजेट गाउँको बाटो मात्रै होईन, बजेट गाउँको रोजगारी पनि हो । बजेट गरिवीको अन्त्य पनि हो । बजेट हाम्रा स्रोत साधनहरुको सही परिचालन र व्यवस्थापन पनि हो । यो एउटा चुनौति हामीले थपेको हो । हामीले भनेका छौं–यति प्रतिशत आयात प्रतिस्थापन गर्छौं । उत्पादन वृद्धि गर्छौ । यति लाख हामी रोजगारी सिर्जना गर्छौंं ।’

अर्थमन्त्री जनार्दन शर्माले स्वदेशी बस्तुको प्रयोग सरकारबाटै सुरु गर्ने विषयलाई बजेटमा उच्च प्राथमिकता दिइएको बताए । शर्माले भने ‘अव सरकारले स्वदेशी बस्तुनै प्रयोग गर्नुपर्छ । विस्कृट त चाँहियो तर त्यो पनि स्वदेशी आओस्न । सेनिटाईजर स्वदेशी आओस् । मास्क पनि स्वदेशी आओस् । सुरु कस्ले गर्ने त ? पहिला सरकारले गर्नुप¥यो । सरकारमा बस्ने पहिले हामीले नै सुरु गर्नुप¥यो । त्यसो गर्ने प्रतिवद्धता हामीले गरेको छौं र, हामीसँग धाँगो कारखाना छ । कपडा उद्योग छ । प्राईभेट धागो कारखाना छ । तिनलाई पनि सहुलियत दिँदैछौं । तिनलाई हामी सुविधा दिँदैछौं । विजुलीमा सुविधा दिन्छौं हामी । निर्यात गर्दा नगद इन्सेन्टिभ दिन्छौं । त्यसबाट हामी उनीहरुलाई उत्साहित गर्न खोजिराखेका छौं । टायर उद्योग, रवर उद्योग त्यत्तिकै छ । त्यसलाई बेच्नुपर्ने अवस्था छ ।’

 

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार  ४ : ०४ बजे

अस्पताल बाहिर बच्चा जन्माएको घटना छानबिन गर्न स्वास्थ्यमन्त्रीले राजविराज पठाइन् टोली

काठमाडौं । स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्री निशा मेहताले अस्पताल

बाँकेमा घटेन कुष्ठरोगको प्रकोप, थपिए १९३ कुष्ठरोगी

नेपालगन्ज । गत आर्थिक वर्ष ०८२/०८३ मा १९३ नयाँ कुष्ठरोगी

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

नेपालगन्ज । जेनजी आन्दोलनको एक वर्षमा बाँकेका दुई वटा बालसुधारगृह

विपद् व्यवस्थापनका लागि संसदीय विशेष समिति गठन गर्न विपक्षी दलको माग

काठमाडौं । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूले भोटेकोशी बाढीपछि उद्धार,

ठगी मुद्दामा काठमाडौंमा पक्राउ परेका पूर्वनापी कर्मचारी ठाकुरलाई पर्सा ल्याइँदै

वीरगञ्ज। ठगी तथा विश्वासघातसम्बन्धी मुद्दामा काठमाडौंमा पक्राउ परेका नापी कार्यालयका