१६ कार्तिक २०८३, सोमबार | November 2, 2026

धरानबाट दुई सय नौ केजी गाँजासहित पाँच जना पक्राउ



सुनसरी । धरान उपमहानगरपालिका–२० च्यानडाँडाबाट प्रहरीले दुई क्विन्टलभन्दा बढी गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गाँजा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले दुईवटा स्कार्पियो गाडीमा ‘लोड’ गरिएको दुई क्विन्टल नौ किलो ४२० ग्राम गाँजासहित उनीहरूलाई पक्राउ गरिएको हो ।

प्रहरीलाई देखेपछि गाँजा बोकेर भाग्न खोज्ने क्रममा प्रहरीले पेस्तोलबाट दुई राउण्ड हवाई फायर गरी उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए ।

पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० का २४ वर्षीय रामसागरकुमार यादव, राजगढ गाउँपालिका–१ का ४५ वर्षीय राजेन्द्रप्रसाद मण्डल, भारतको बिहार प्रान्त मधुवनी जिल्लाका ३८ वर्षीय सन्तोष ठाकुर, सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ का ५९ वर्षीय राजकुमार साह र धरान उपमहानगरपालिका–११ का २१ वर्षीय अमृत बिशुङ्खे छन् ।

प्रहरीले त्यस क्रममा बा १ च ५०३८ र को १ च ८१८२ नम्बरका दुईवटा स्कार्पियो समेत बरामद गरेको सूचना अधिकारी खड्काले बताउनुभयो । प्रहरीका अनुसार पक्राउ परेका पाँचै जनालाई गाँजा र गाडीसहित थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८३, सोमबार  ११ : ०१ बजे

सुन तोलामा २३ सय र चाँदी ७० रुपैयाँले बढ्यो

काठमाडौं। नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको भाउ बढेको

धरानबाट दुई सय नौ केजी गाँजासहित पाँच जना पक्राउ

सुनसरी । धरान उपमहानगरपालिका–२० च्यानडाँडाबाट प्रहरीले दुई क्विन्टलभन्दा बढी गाँजासहित

एक महिनाभित्र सबै स्थानीय तहबाट जग्गासम्बन्धी सेवा सञ्चालन गर्ने प्रधानमन्त्री शाहको घोषणा

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले जग्गासम्बन्धी प्रशासनिक सेवा अब स्थानीय

डोल्पामा हिमपातमा फसेका ६ भारतीय पर्यटकको उद्धार

डोल्पा । भारी हिमपातका कारण डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका-८ स्थित दानीगढमा

मधेस सरकार गठनबारे दलहरूबीच सघन छलफल भइरहेको छ : प्रचण्ड

महोत्तरी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल