२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

जहाज दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन प्रचण्डको आग्रह



काठमाडौं । नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २२ जनाको ज्यान जानेगरी सोमबार भएको तारा एयरको विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन समिति गठन गर्न माग गरेका छन् ।

सोमबार पोखराबाट जोमसोमका लागि उठेको तारा एयरको विमान मंगलबार मुस्ताङको थासाङ गाउँपालिका– २ को सानुसरेमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । सो विमान दुर्घटनाबाट तीन चालक दलका सदस्य र १९ जना यात्रुको निधन भएको छ ।

उक्त दुर्घटनाको खबरले आफू मर्माहत भएको बताएका प्रचण्डले निधन भएकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवारजन तथा आफन्तजनमासमवेदना प्रकट गरेका छन् ।

शोक वक्तव्य जारी गर्दै प्रचण्डले दुर्घटनाको अनुसन्धान गर्न समिति गठन गर्न माग गरेका हुन् ।

‘यसप्रकारका दुर्घटनाको कारण पत्ता लगाई आवश्यक सावधानी र सचेतना अपनाउन पनि म सम्बन्धित सबैमा अपील गर्न चाहन्छु । यसबाट दुर्घटनाको न्यूनीकरण र जनधनको क्षति कम गर्न सकिने विश्वास लिएको छु । यस दुर्घटनाको अनुसन्धानका लागि एक टोली बनाई सत्यतथ्य जनसमक्ष ल्याउन पनि म सरकारसँग विशेष आग्रह गर्दछु,’ प्रचण्डले भनेका छन् ।

प्रचण्डको शोक वक्तव्य :

पोखराबाट मुस्ताङ जिल्लाको जोमसोम जाने क्रममा आइतबार बिहान थासाङ गाउँपालिका वडा नं २ स्थित पटके लेकको सानोसोरा भन्ने स्थानमा तारा एयरको जहाज दुर्घटनाग्रस्त हुँदा चालक दलका तीन सदस्य र १९ जना यात्रुहरुको निधन भएको खबरले मर्माहत भएको छु ।

यस दुखद् घटनामा परी निधन हुनुभएका विमान कर्मचारी र सम्पूर्ण यात्रुहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । उहाँहरुका शोकाकूल परिवारजन तथा आफन्तजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।

भौगोलिक विकटताका बाबजुद नेपालमा हवाई यात्रा सुरक्षित र भरपर्दो हुँदाहुँदै पनि बेलाबेलामा हुने दुर्घटनाले केही गम्भीर प्रश्न खडा गर्ने गरेका छन् । यसप्रकारका दुर्घटनाको कारण पत्ता लगाई आवश्यक सावधानी र सचेतना अपनाउन पनि म सम्बन्धित सबैमा अपील गर्न चाहन्छु । यसबाट दुर्घटनाको न्यूनीकरण र जनधनको क्षति कम गर्न सकिने विश्वास लिएको छु । साथै, यस दुर्घटनाको अनुसन्धानका लागि एक टोली बनाई सत्यतथ्य जनसमक्ष ल्याउन पनि म सरकारसँग विशेष आग्रह गर्दछु ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष
१६ जेठ, २०७९

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार  ४ : २६ बजे

बाढीमा फसेका यात्रु उद्धार गर्ने सशस्त्र प्रहरी टोलीको सम्मान

काभ्रेपलाञ्चोक । गत सोमबारको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण

खानेपानीमा कर छुटको कानुनी व्यवस्था गर्न माग

काठमाडौं । खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ, नेपालले खानेपानी तथा

पोखरा स्पोर्ट्स अवार्ड : मनोनयनमा परेका १२ खेलाडीको नाम सार्वजनिक

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही वैशाख ३१

मूल्य वृद्धिसँगै निर्माण क्षेत्र प्रभावित हुँदा इन्धनको खपत घट्दै

वीरगन्ज । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै निर्माण क्षेत्र प्रभावित

प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस, दाहाल र आङदेम्बेको असहमति

काठमाडौँ । संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका न्यायाधीश डा