२२ भदौ २०८३, सोमबार | September 7, 2026

तालमेल उपलब्धिमूलक



काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनको परिणाम सन्तोषजनक भएको निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्टिय जनमोर्चा आबद्ध पाँच दलीय सत्ता गठबन्धनका शीर्ष तहका नेताहरूको सोमबार बसेको बैठकले स्थानीय तहमा गठबन्धनबीच भएको चुनावी तालमेल उपलब्धिमूलक रहेको निष्कर्ष निकालेको हो ।
बैठकमा सहभागी कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बैठकमा स्थानीय तह निर्वाचनको परिणामको समीक्षा भएको जानकारी दिए ।

‘बैठकमा चुनावी समीक्षा भयो, गठबन्धनबीचमा तलैसम्म सबै स्थानीय तहमा तालमेल नहुँदा सोचेजस्तो परिणाम आएन भन्ने निष्कर्ष हो तर पनि परिणाम सन्तोषजनक, उपलब्धिमूलक छ भन्ने छ,’ कांग्रेस वरिष्ठ नेता पौडेलले राजधानीसँग भने ।

बैठकले पालिका कार्यसमिति र जिल्ला समन्वय समिति बनाउँदा पनि गठबन्धन आबद्ध पाँच दलभित्र सहमति गरेर जान जिल्ला तहका नेतृत्वलाई निर्देशन दिएको छ ।

नेता पौडेलले गठबन्धन आबद्ध जिल्ला तहका नेतृत्वलाई पालिका कार्यसमिति र जिल्ला समन्वय समिति बनाउँदा सहमतिका साथ अघि बढ्न निर्देशन गरिएको जानकारी दिएका हुन् ।

पौडेलका अनुसार सो निर्देशन कार्यान्वयनका लागि पाँचौं दलले आ-आफ्नो दलका प्रदेश र जिल्ला समितिलाई निर्देशन दिनेसमेत प्रतिबद्धता जनाएका छन् ।

राष्टिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनबीचको चुनावी तालमेलको निर्णय सबै स्थानीय तहमा कार्यान्वयन नभए पनि गठबन्धनबीचको तालमेल मूलभूत रूपमा सफल भएको बताइन् ।

उनले आगामी प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा पनि सत्ता गठबन्धनबीचमा चुनावी तालमेलको आधार तय भएको ’ बैठकमा नेताहरूबाट धारणा आएको जानकारी दिइन् ।

‘स्थानीय तहमा भएको चुनावी तालमेलले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा पनि चुनावी तालमेलका लागि आधार तयार गरेको ’bout नेताहरूबाट धारणा आएको छ,’ पौडेलले भनिन् ।

सत्तारूढ दलबीचमा देशभरका ७ सय ५३ पालिकामध्ये २ सय ९ पालिकामा चुनावी तालमेल भएको थियो । मुख्य गरी महानगर र उपमहानगरमा गठबन्धन आबद्ध दलहरूले तालमेललाई कसिलो बनाएका थिए ।

देशभरका ७ सय ५२ पालिकाको अन्तिम नजिता आउँदा गठबन्धनमा आबद्ध प्रमुख घटक कांग्रेसले ३ सय २९, माओवादीले १ सय २१, जसपाले ३०, एकीकृत समाजवादीले २० र जनमोर्चाले दुई पालिका प्रमुख जितेका छन् ।आजको राजधानी दैनिकमा महेश्वर गौतमले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार  ७ : ०७ बजे

अवतरणका क्रममा अमेजन एयरको विमान दुर्घटनाग्रस्त, पाँचको मृत्यु

काठमाडौं । अमेरिकाको फ्लोरिडास्थित मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अमेजन एयरको कार्गो

बार्सिलोनाको विजयी यात्रा कायमै, भ्यालेन्सियामाथि ५-० को शानदार जित

काठमाडौं । बार्सिलोनाले स्पेनी ला लिगामा आफ्नो शतप्रतिशत सुरुआतलाई निरन्तरता

रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालनमा

काठमाडौं । भोटेकोशी बाढीका कारण विद्युत् पूर्वाधारमा क्षति पुगेपछि प्रभावित

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार