१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

तालमेल उपलब्धिमूलक



काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनको परिणाम सन्तोषजनक भएको निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्टिय जनमोर्चा आबद्ध पाँच दलीय सत्ता गठबन्धनका शीर्ष तहका नेताहरूको सोमबार बसेको बैठकले स्थानीय तहमा गठबन्धनबीच भएको चुनावी तालमेल उपलब्धिमूलक रहेको निष्कर्ष निकालेको हो ।
बैठकमा सहभागी कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बैठकमा स्थानीय तह निर्वाचनको परिणामको समीक्षा भएको जानकारी दिए ।

‘बैठकमा चुनावी समीक्षा भयो, गठबन्धनबीचमा तलैसम्म सबै स्थानीय तहमा तालमेल नहुँदा सोचेजस्तो परिणाम आएन भन्ने निष्कर्ष हो तर पनि परिणाम सन्तोषजनक, उपलब्धिमूलक छ भन्ने छ,’ कांग्रेस वरिष्ठ नेता पौडेलले राजधानीसँग भने ।

बैठकले पालिका कार्यसमिति र जिल्ला समन्वय समिति बनाउँदा पनि गठबन्धन आबद्ध पाँच दलभित्र सहमति गरेर जान जिल्ला तहका नेतृत्वलाई निर्देशन दिएको छ ।

नेता पौडेलले गठबन्धन आबद्ध जिल्ला तहका नेतृत्वलाई पालिका कार्यसमिति र जिल्ला समन्वय समिति बनाउँदा सहमतिका साथ अघि बढ्न निर्देशन गरिएको जानकारी दिएका हुन् ।

पौडेलका अनुसार सो निर्देशन कार्यान्वयनका लागि पाँचौं दलले आ-आफ्नो दलका प्रदेश र जिल्ला समितिलाई निर्देशन दिनेसमेत प्रतिबद्धता जनाएका छन् ।

राष्टिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनबीचको चुनावी तालमेलको निर्णय सबै स्थानीय तहमा कार्यान्वयन नभए पनि गठबन्धनबीचको तालमेल मूलभूत रूपमा सफल भएको बताइन् ।

उनले आगामी प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा पनि सत्ता गठबन्धनबीचमा चुनावी तालमेलको आधार तय भएको ’ बैठकमा नेताहरूबाट धारणा आएको जानकारी दिइन् ।

‘स्थानीय तहमा भएको चुनावी तालमेलले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा पनि चुनावी तालमेलका लागि आधार तयार गरेको ’bout नेताहरूबाट धारणा आएको छ,’ पौडेलले भनिन् ।

सत्तारूढ दलबीचमा देशभरका ७ सय ५३ पालिकामध्ये २ सय ९ पालिकामा चुनावी तालमेल भएको थियो । मुख्य गरी महानगर र उपमहानगरमा गठबन्धन आबद्ध दलहरूले तालमेललाई कसिलो बनाएका थिए ।

देशभरका ७ सय ५२ पालिकाको अन्तिम नजिता आउँदा गठबन्धनमा आबद्ध प्रमुख घटक कांग्रेसले ३ सय २९, माओवादीले १ सय २१, जसपाले ३०, एकीकृत समाजवादीले २० र जनमोर्चाले दुई पालिका प्रमुख जितेका छन् ।आजको राजधानी दैनिकमा महेश्वर गौतमले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार  ७ : ०७ बजे

विराटनगरमाथि चितवनको ८ रनको रोमाञ्चक जित, एनपीएलमा विजयी सुरुवात

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा चितवन राइनोजले

गोलबजारका पूर्वमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, सवा करोडभन्दा बढीको बिगो माग

सिरहा । सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख (पूर्वमेयर) देवनाथ साह

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौं । नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी)ले

आधुनिक यन्त्रले सहज बन्दै ग्रामीण कृषि

नेपालगन्ज । गाउँगाउँमा परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिले विस्थापित गरेसँगै