३२ असार २०८३, बिहिबार | July 17, 2026

भोलिबाट बुटवलमा नेपाली चियाको पहिलो बृहत राष्ट्रिय प्रदर्शनी हुँदै



बुटवल । नेपालका सबै चिया उद्यमीहरु बुटवलमा भेला हुने भएका छन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले बुटवलमा आयोजना गर्न थालेको बृहत राष्ट्रिय चिया प्रदर्शनीमा भाग लिन चिया उद्यमीहरु बुटवलमा भेला हुने भएका हुन् ।

नेपाली चियाको प्रबद्र्धन गर्न भन्दै नेपालको चिया क्षेत्रमा काम गर्दै आएको सरकारी निकाय राष्ट्रिय चिया तथा कफी विकास बोर्डले नेपालमै पहिलो पटक बुटवलमा बृहत राष्ट्रिय चिया प्रदर्शनी आयोजना गर्ने भएको छ । चिया क्षेत्रमा क्रियाशील विभिन्न संघरसंस्थाहरु, एशोसिएशन लगायतसँगको सहकार्यमा बोर्डले भोलिबाट दुईदिन बृहत चिया प्रदर्शनी आयोजना गर्न लागेको हो ।

प्रदर्शनीकै पूर्वसंध्यामा बुटवलमा बोर्डले पत्रकार सम्मेलन गर्दै प्रदर्शनीको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै बार्डका कार्यकारी निर्देशक डा। विष्णु प्रसाद भट्टराईले अन्तरराष्ट्रिय जगतमा नेपाली चियाको माग धरै भएपनि नेपालमा चियाको महत्व बुझाउन प्रदर्शनी गर्न थालिएको बताए । उनले नेपाली चियाको मागको तुलनामा उत्पादन कम भएको उल्लेख गर्दै बार्डको सक्रियतामा पुर्वमा सिमित चिया खेतिलाई पश्चिमका पहाडी जिल्लाहरुमा बिस्तार गर्ने तयारी गरिएको बताए ।

बुटवलको मिलनचोकमा रहेको सिद्धार्थ कटेज परिषरमा हुने प्रदर्शनीमा नेपाली चियाको राष्ट्रिय प्रदर्शनीका साथै नेपालमा उत्पादित विभिन्न ब्राण्डको चियाको निःशुल्क स्वाद लिन पाइने बोर्डका कार्यकारी निर्देशक चन्द्र पुरीले जानकारी दिए ।

‘स्वदेशमा उत्पादित चियाको सेवन गरौँ, स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौ’ भन्ने मूल नाराका साथ नेपालमा उत्पादित चियाको देशभित्रै खपत बढाउने र यसका फाइदाहरुको विषयमा जानकारी दिने, सही चियाको सही रुपमा सेवन गर्न चिया संस्कृतिको विकास गर्ने उद्देश्यले बृहत राष्ट्रिय चिया प्रदर्शनी तथा टि टेस्टिङ कार्यक्रम आयोजना गरिएको हो ।

नेपालमा पहिलो पटक आयोजना गर्न लागिएको राष्ट्रिय चिया प्रदर्शनी कार्यक्रममा नेपालको चियाका मुख्य जिल्लाहरु झापा, इलामदेखि पश्चिमसम्म उत्पादित चियाको प्रदर्शन हुनेछ । नेपालको चिया उत्पादन तथा बजारीकरणमा लामो समयदेखि कार्य गर्दै आएका निजी क्षेत्रका नेपाल टि एशोसिएशन, हिमालयन अर्थोडक्स टि प्रोड्युसर एशोसिएशन, नेपाल टि प्रोड्युसर एशोसिएशन, केन्द्रीय चिया सहकारी संघ, स्पेसियालिटि टि एशोसिएशन नेपालमा आवद्ध चियाका व्यवसायीहरुबाट उत्पादित चियाका ब्राण्डहरुको प्रदर्शनीमा मुख्य रुपमा सहभागिता रहने छ ।

कार्यक्रममा १०० भन्दा बढी चिया व्यवसायीहरुको सहभागिता रहने कार्यकारी निर्देशक पुरीले जानकारी दिए । नेपालको तराई क्षेत्रमा विशेष गरी झापा जिल्लामा सिटिसी चिया र पहाडी क्षेत्रमा अर्थोडक्स चिया अन्तर्गत विभिन्न प्रकारहरु चियाहरु बनाइने गरिन्छ । नेपाली चिया गुणस्तर र स्वादका हिसाबले विश्वमै उत्कृष्ट मानिन्छ ।

नेपालले अधिकांश उपभोग्य वस्तुहरू आयात गर्नुपरेको परिप्रेक्ष्यमा मुलुकलाई आवश्यक पर्ने चिया आफै उत्पादन गरी भारत लगायत अन्य तेस्रो मुलुकहरूमा समेत नेपाली चिया निर्यात भइरहेको छ । आर्थिक वर्ष २०७७/०७८ को तथ्यांक हेर्ने हो भने नेपालले तीन अर्ब ७९ करोड भन्दा बढी मूल्यको चिया निर्यात गरेको छ ।

नेपालमा चिया खाने प्रचलन निकै पुरानो हो । इलामका तत्कालीन बडाहाकिम गजराज सिंह थापाले १९२० सालमा इलाममा चिया रोपण गरेपछि नेपालमा चिया खेती सुरुवात भएको हो । नेपाली चियाको इतिहास १५० वर्ष भन्दा पुरानो रहेको छ । आर्थिक वर्ष २०७७/०७८ को तथ्याङ्क अनुसार नेपालमा १६ हजार ९१७ हेक्टरमा चिया रोपण भएको र २३ हजार ७४५ मेट्रिक टन तयारी चिया उत्पादन भएको छ । अहिले १६ हजार भन्दा बढी चिया कृषक र ६० हजार भन्दा बढी श्रमिकहरु चियाको विभिन्न मूल्य श्रृंखलामा संलग्न रहेका छन् ।

प्रकाशित मिति : २ असार २०७९, बिहिबार  ५ : ०० बजे

सिन्धुपाल्चोकमा १३६ मिलीमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा (सूचीसहित)

काठमाडौँ । न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना

बुटवल बुधबार एक कार्यक्रमका बिच कार्यक्रमको उद्घाटन गर्दै रोटरी ईन्टरनेशनल

कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको

तेस्रो अन्तरराष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन हुँदै

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आयोजना