१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

रित्तो गाग्री बोकेर गाउँपालिका पुगे नागरिक



दाङ । दाङको शान्तिनगर गाउँपालिकाका स्थानीयहरू रित्तो गाग्री बोकेर गाउँपालिकामा पुगेका छन् । खानेपानीको समस्या भएको र व्यवस्थापनमा पालिकाले चासो नदिएको भन्दै रित्तो गाग्री सहित स्थानीयहरू गाउँपालिकामा पुगेका हुन् ।

वडा नम्बर ४ को एकलीका करिब ५० घरधुरीका उपभोक्ताहरूले खानेपानीको समस्याका कारण दैनिकी कष्टपूर्ण भएको भन्दै रित्तो गाग्री बोकेर पालिकालाई ध्यानाकर्षण गराएका हुन् ।

उनीहरूले गाउँपालिकाका अध्यक्ष अध्यक्ष प्रमोद बस्नेत सहित वडा नम्बर ३ का अध्यक्ष मीन बहादुर केसी र वडा नम्बर ४ का अध्यक्ष गोमान बहादुर ओलीसँग छिटोभन्दा छिटो खानेपानीको सहज आपूर्तिका लागि सम्बन्धित निकायसँग पहल गरिदिन आग्रह गरेका छन् ।

शान्तिनगर–३ स्थित माइलिपानी खानेपानी संस्थाले शान्तिनगरको साबिक १ देखि ४ नम्बर वडाका उपभोक्ताहरूलाई निजी धारामार्फत पानी उपलब्ध गराउँदै आएता पनि पानीको स्रोत र जनसंख्या बढी भएको हुनाले यश भेगका उपभोक्ताहरू निकै मर्कामा परेका छन् ।

टिमको नेतृत्व गरेका रेसम राज कँडेलले बाटो भन्दा पहिले खानेपानीको समस्या समाधान गर्न जरुरी रहेको बताए । बाटो बिना बाँच्न सकिने तर खानेपानी विना बाच्न नसकिने भन्दै उनले भने, ‘सबैभन्दा पहिले हामीलाई पानी चाहियो ,कसरी बाच्ने रु धारामा पानी आउँदैन तर महिनामा पानी नखाए पनि बिल तिर्नु पर्छ ।’

गाउँ पालिकाका अध्यक्ष प्रमोद बस्नेतले छिटोभन्दा छिटो खानेपानी समिति र अन्य निकायसँग समन्वय गरेर उपभोक्तालाई खानेपानी सहज रूपमा उपलब्ध गराउनका लागि आफू लागि पर्ने बताए ।

प्रकाशित मिति : २ असार २०७९, बिहिबार  १० : २२ बजे

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग

युवा उद्यमी मञ्च रुपन्देहीको आयोजानमा पहिलो ‘बिटुबि कन्टेक्ट २०२४’

बुटवल । नेपालमै पहिलो पटक रुपन्देहीमा शनिवार (भोली)’बिटुबि कन्टेक्ट २०२४’

निरजलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि

काठमाडौं । कोर्स रेकर्ड बराबरी गर्दै समग्रमा ८-अन्डर २ सय

भुतुङ्ग-छापचौर तराई सम्पर्क समाजको शुभकामना आदान प्रदान

बुटवल । भुतुङ्ग-छापचौर तराई सम्पर्क समाजको आयोजनामा शुभकामना आदान प्रदान

जनताका मुद्धालाई केन्द्रमा राख्दै कम्युनिष्ट आन्दोलनलाई एकतातर्फ लैजानुपर्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार