१५ चैत्र २०८२, आइतबार | March 29, 2026

बुटवल-पाल्पा खण्डमा भाद्र मसान्त सम्म टिप्पर चलाउन प्रतिबन्ध



बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा भाद्र मसान्त सम्मका लागि टिप्पर चलाउन रोक लगाइएको छ ।

सडक डिभिजन कार्यालय पाल्पाले एक सूचना जारी गर्दै भदौ मसान्तसम्म तीन महिनाका लागि सिद्धार्थ राजमार्गको तानसेन(बुटवल सडक खण्डमा टिपर सञ्चालनमा रोक लगाएको हो ।

सडक डिभिजन कार्यालय पाल्पाले जिल्ला प्रशासन कार्यालय पाल्पालाई पत्राचार गर्दै ३ महिनाका लागि ठूला मालबाहक टिप्पर रोक लगाउने व्यवस्था गरिदिन आग्रह गरेको छ ।

सडक डिभिजन कार्यालय पाल्पाका डिभिजन प्रमुख रामेश्वर लम्सालका अनुसार सिद्धार्थ राजमार्गको सिद्धबाबा दोभान क्षेत्रमा हालै कालोपत्रेको काम भएको र वर्षातको समयमा ठूला मालवाहक सवारी सञ्चालन हुँदा कालोपत्रेको पटहोल निस्कन गई सडक जीर्ण बन्ने हुँदा ठूला सवारी सञ्चालनलमा रोक लगाइएको हो ।

सो सडक खण्डमा टिप्परकै कारण सडक जिर्ण हुनुका साथै अत्याधिक दुर्घटना पनि बढी हुने गरेको थियो ।

प्रकाशित मिति : २ असार २०७९, बिहिबार  ११ : १० बजे

बेटिङ एप र वेबसाइट बन्द गर्न प्राधिकरणलाई निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन सट्टेबाजी एप

रविको अभियोगपत्र फिर्ता विरुद्धको रिट सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्धको

ओलीको बन्दी प्रत्यक्षीकरण रिटमा सोमबार सर्वोच्चमा सुनुवाइ

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई

सरकारको पहिलो कामलाई लगानीकर्ताको रेडलाइट, नेप्सेमा ७१ अङ्कको गिरावट

काठमाडौं । नयाँ सरकार गठन भएपछिको पहिलो कारोबार दिन आज

नेकपा संसदीय दलको नेतामा प्रचण्ड चयन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको नेतामा पुष्पकमल