१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

रुकुमपूर्वमा भेडी गोठाला पाटन उक्लिए



रुकुमपूर्व । रुकुमपूर्वमा भेडी गोठाला बथानसहित पाटन उक्लिएका छन् । पुथाउत्तरगङ्गा गाउँपालिकासँगै भूमे गाउँपालिकाको माथिल्लो क्षेत्र र सिस्ने गाउँपालिका-१ र २ का भेडी गोठाला भेडाको बथानसहित पाटन उक्लिएका हुन् ।

फिरन्ते जीवनशैलीका भेडी गोठालाले धमाधम गोठ पाटनतिर लगेपछि यहाँका गाउँ सुनसान बनेका छन् । वैशाखदेखि नै गोठालाले भेडाको बथान पाटनतर्फ लैजान सुरु गर्छन् । जेठ अन्तिम सातासम्म लगभग सबै गोठाला भेडा, बाख्रा र गाईको बथानसहित पाटन उक्लिसक्ने पुथाउत्तरगङ्गा गाउँपालिका-१ मैकोटका विकास पुनले बताए । बेँसी अर्थात् गाउँघरमा घाँसपात र चरन क्षेत्रको अभाव भएका कारण उनीहरु आफूले पालेका वस्तुभाउसहित पाटन उक्लने गरेका हुन् ।

तकसेराका भेडी गोठाला जोडे बुढाका अनुसार वैशाखदेखि असोजसम्म पाटन गएका गोठाला गोठ र त्रिपालमुनि भेडाबाख्रासँगै बिताउने गर्छन् । सुरक्षाका लागि उनीहरुका साथमा कुकुर रहने गर्छ । उनीहरु खाद्यान्नसहित त्यहाँ जाने गर्छन् । “अहिले पाटन उक्लिएका सबै भेडी बथानसँगै दसैँमा बेँसी झर्छन्”, उनले भने ।

पुथाउत्तरगङ्गा गाउँपालिकाका कृषकले माथिल्लो क्षेत्र भिरकोटी, चौँरी, रेबाङ, नरसिङ, पुपाल, पूर्वाङ, रानीखर्क, देउरालीलगायत पाटनमा भेडाबाख्रा र गाईको बथानसँग ६ महिना बिताउने गरेको स्थानीय सुवा बुढामगरले बताए । पुथाउत्तरगङ्गाका अधिकांश कृषकले भेडा र गाई पालेका छन् । हिमाली क्षेत्र भएकाले यहाँ बाह्रै महिना एकै ठाउँमा बसेर भेडापालन गर्न भने सकिँदैन ।

 

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ७ : ३५ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम