१५ बैशाख २०८१, शनिबार | April 27, 2024

मौन वामदेवले खोले मुख – एसपीपी अघि बढाउने काम ओलीले नै गरेका हुन्



काठमाडौं । पूर्वउपप्रधानमन्त्री एवं राष्ट्रियसभाका सांसद एवम वामदेव गौतमले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अघि बढाउने काम गरेको दाबी गरेका छन् ।

सांसद गौतमले यो प्रोग्राम सुशील कोइराला नेतृत्वको सरकारले गरेको हो भन्ने कुरा संसदमा आएपछि आफूले खोजी नीति गरेको र प्रधानमन्त्रीको रुपमा एमाले अध्यक्ष ओलीले नै सो प्रस्ताव अघि बढाएको पाइएको बताए । गौतम कोइराला नेतृत्वको सरकारको उपप्रधानमन्त्री थिए । यसको सुरुवात जसले गरेपनि त्यसबेलाका प्रधानमन्त्री ओली यसलाई अघि बढाउन काममा संलग्न भएको उल्लेख गर्दै गौतमले सदनलाई पनि सो सत्य कुरा बताउनुपर्ने जनाए ।

गौतमले अध्यक्ष ओलीप्रति संकेत गर्दै सो सत्यकुरा बताउँदा कुनै पनि पार्टी र त्यसका नेताको व्यक्तित्व सानो नहुने जिकिर गरे । सांसद गौतमले सरकार र सरकारको नेतृत्वको गरेको काँग्रेसले अघि नबढाउने भनेपछि एसपीपीसम्बन्धी समस्या समाधान भएको पनि पटकपटक दोहो¥याए । उनले सो प्रस्तावबारे संसदमा आएर जवाफ दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरे ।

सांसद गौतमले भने, ‘अहिले एमालेका अध्यक्ष कमरेड केपी ओलीले सुरु गर्नु भयो यो सम्झौता भनेपछि सुशील कोइरालाले हो भनेको हुनाले म पनि त्यसमा संलग्न हुन्छु । म फेरि प्रधानमन्त्रीले गरेको, म त्यसमा संलग्न छैन भन्दिन । त्यो सरकारमा सामेल भईसकेपछि प्रधानमन्त्रीले गरेको काम प्रधानमन्त्रीले व्यक्त गरेको विचारसित सहमत हुनुपर्दछ । त्यसो भएर ममाथि पनि आरोप लाग्न सक्दछ भनेर मैले त्यस सम्बन्धमा खोजी नीति गर्दा अव केके भएको हो, अस्तीमात्रै एउटा पत्र आएको छ । र, त्यो पत्रले प्रष्ट पारिदिएको छ–यसको सुरुवात जसले गरेको भएपनि यसलाई अगाडि बढाउने काममा नेकपा एमालेका अध्यक्ष त्यसबेलाका प्रधानमन्त्री भएको अध्यक्षज्यू, त्यसमा संलग्न हुनुहुन्छ । अव सदनलाई साँचो कुरा बताउनु पर्दछ–र सत्य बताउँदा कोही पनि सानो हुँदैन । पार्टी पनि सानो हुँदैन, व्यक्तित्व पनि सानो हुँदैन । र, हामीले अव चाँही त्यस्तो किसिमको काम गरौं । एमसीसी पास गरलगत्तै एसपीपी (स्टेट पार्टनरसिप प्रोग्राम) आयो । यसलाई मिडियाले जब बाहिर ल्यायो, त्यसपछि अरु धेरै जस्तै म पनि ज्याँदै संवदेनशील भएँ, झसंग भए । कि यो एसपीपी सम्झौंता नेपाललाई अमेरिकी सैन्य गठबन्धनको हिस्सेदारी बनाउनका निम्ति ल्याइएको हो । प्रष्ट भयो—जव समाचारहरु हेर्न थालियो, त्यसका पक्ष/विपक्षमा विचारहरु आउन थाले । कि हामी कुनै पनि हालतमा नेपाललाई त्यसमा संलग्न गराउन हुँदैन । यो नेपाली काँग्रेसका नेताहरुले पनि बुझनु भयो । अरुले पनि बुझनु भयो । नेकपा एमालेलगायतका अरु धेरै साथीहरुले, सांसदमा रहेका पार्टीहरुले, संसदले समेत बुझेको मलाई महसुस भएको छ । र, यसको सम्बन्धमा एउटा विवाद सुरु भयो । कसबेला विवाद सुरु भयो भने, जव संसदमा प्रतिनिधिसभामा कुरा उठयो, एसपीपी पास गर्नकै निम्ति प्रधानमन्त्री अमेरिका जाँदै हुनुहुन्छ भन्ने विषय उठयो । र, त्यसको केही समयपछि परराष्ट्रमन्त्रीले प्रतिनिधिसभामा जवाफ दिनु भयो । हामी एसपीपी सम्झौंतामा जान खोजेकै हो । तर जसरी प्रचार भएको छ, सैन्य गठबन्धन भनेर त्यो होइन । त्यसो भएर सरकार त्यसमा जान खोजेकै रहेछ भन्ने कुरा पुष्टि भयो । परराष्ट्रमन्त्रीले झुटो बोल्नु भएको होईन होला । त्यही पनि संसदमा आएर झुट बोल्नुपर्ने आवश्यक्ता पर्दैन । अव सम्माननीय प्रधानमन्त्री शेरबहादुरजी कहिलेकाँही शेरबहादुर जीमात्रै भन्ने पनि आउँछ किनकी हाम्रो दोस्ती लामो कालदेखि भईराखेको हुनाले म त्यसो पनि भन्छु । उहाँ देशको विकास हुन्छ भने केके गर्नुपर्छ, सबै गरिदिन्छु भन्नु हुन्छ । कसैले सहयोग ग-यो, हात थापी हाल्नुपर्छ । उहाँको चरित्र त्यस्तो हो । र, त्यसले उहाँलाई पनि धेरै नोक्सान गरेको छ, राष्ट्रलाई पनि नोक्सान गरेको छ । सम्भवतः नेपाली काँग्रेसलाई पनि नोक्सान गरेको हुनुपर्छ । अहिले एसपीपी आउनेवित्तिकै उहाँ तयार हुनु भयो, यसलाई स्वीकार गर्नको निम्ति । र, यो अहिले पछि नेपाली काँग्रेस पार्टीले त्यसमा सहमत नहुने, त्यो सम्झौंता गर्दै नगर्ने निर्णय ग¥यो । र, सदनमा पनि आएर सरकारको तर्फबाट हामी सम्झौंता गर्दैनौं, यो सरकारले सम्झौंता गर्दैन भनेर प्रधानमन्त्रीको तर्फबाट बोल्नु भएका गृहमन्त्रीले बोल्नु भएपछि अव स्पष्ट भयो–एसपीपी नेपालको शीरमाथि बज्र प्रहार हुनेवाला थियो, त्यसबाट हामी मुक्त भएका छौं । तर यति महत्वपूर्ण विषयमा राष्ट्रलाई गुमराहमा राखेर सम्झौंता गर्ने तयारी त भएकै रहेछ नि प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा । त्यसो भएर यति महत्वपूर्ण, यति गम्भिर विषयमा जवाफ दिँदाखेरी उहाँ आफैं संसदमा प्रस्तुत हुनु पर्दथ्यो । यो संसदमा गरिमामयलाई कायम राख्नका निम्ति, म यो संसदको मातहतमा छु भन्नका निम्ति । उहाँ आउनु भएन । गृहमन्त्रीलाई पठाउनु भयो । विदेश गएको भए त्यसो पनि हुन सक्थ्यो । तर उहाँ नेपालमा भएकै बेला उहाँले बेवास्ता गर्नु भयो । कि उहाँ साँच्चीकै यो एसपीपी सम्झौताबाट अलग हुनुपर्दा उहाँ चिन्तित हुनुहुन्छ, अलि दुःखी हुुनुहुन्छ । त्यो त गर्नैपर्ने थियो । सारा जनता विरोधमा आईसकेपछि पछाडि हटन परेको छ भनेर हो कि । जे भएपनि उहाँले संसदमा फेस गर्नुपथ्र्यौं । संसदलाई भन्नु पर्दथ्यो र मेरो अनुरोध छ–नेपाली काँग्रेसका नेताहरु, माननीय सदस्यहरु, जो यहाँ हुनुहुन्छ । सम्मानीय प्रधानमन्त्री शेरबहादुरजीलाई यो खवर पु-याउनुपर्छ । उहाँले आएर भिन्न सन्दर्भमा पनि यसलाई बताउनु सक्नुपर्छ ।’

सांसद गौतमले प्रधानमन्त्री देउवाले एसपीपीबारे संसदमा उठेका प्रश्नको जवाफ आफैंले नदिएर संसदीय मर्यादामाथि आघात पु¥याएको जिकिर गरे ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  २ : ४२ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग