१५ पुस २०८२, मंगलबार | December 30, 2025

गोंगबुबाट हिउँ चितुवाको छाला सहित तीन जना पक्राउ



काठमाडौं । टोखा नगरपालिका-१० गोंगबुबाट संरक्षित वन्यजन्तु हिउँ चितुवाको छाला सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धादिङ खानियाबास गाउँपालिका-२ झार्लुङका ४८ वर्षीय खार्पा तामाङ, धादिङ गंगाजमुना गाउँपालिका-६ आरुबोटेका ३९ वर्षीय सुक बहादुर घले र सोही गाउँपालिका-६ बस्ने ४१ वर्षीय सूर्य बहादुर घले रहेका छन् ।

प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले जाँच तथा खानतलासी गर्दा खार्पाले बोकेको झोलाभित्र लुकाई राखेको अवस्थामा उक्त छाला फेला पारी पक्राउ गरेको हो ।

उनीहरूलाई बरामद छाला सहित आवश्यक करवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको छ ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ४ : ५५ बजे

४३ करोड बढी अपचलन भएको सहकारीलाई चलायमान बनाउन बन्यो तदर्थ समिति

नेपालगन्ज । बाँकेको नेपालगन्जमा रहेको सहकारी वित्तिय संस्था लिमिटेडबाट ४३

यस्तो छ रवि लामिछाने र कुलमानबीच भएको सहमति, साछीमा बालेन शाह

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान

रवि सभापति, कुलमान उपसभापति र बालेन प्रस्तावित प्रधानमन्त्री हुनेगरि सहमति

काठमाडौँ । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र

नेकपा (एमाले)ले बुझायो समानुपातिकतर्फको बन्दसूची

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते