९ चैत्र २०८२, सोमबार | March 23, 2026

गोंगबुबाट हिउँ चितुवाको छाला सहित तीन जना पक्राउ



काठमाडौं । टोखा नगरपालिका-१० गोंगबुबाट संरक्षित वन्यजन्तु हिउँ चितुवाको छाला सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धादिङ खानियाबास गाउँपालिका-२ झार्लुङका ४८ वर्षीय खार्पा तामाङ, धादिङ गंगाजमुना गाउँपालिका-६ आरुबोटेका ३९ वर्षीय सुक बहादुर घले र सोही गाउँपालिका-६ बस्ने ४१ वर्षीय सूर्य बहादुर घले रहेका छन् ।

प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले जाँच तथा खानतलासी गर्दा खार्पाले बोकेको झोलाभित्र लुकाई राखेको अवस्थामा उक्त छाला फेला पारी पक्राउ गरेको हो ।

उनीहरूलाई बरामद छाला सहित आवश्यक करवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको छ ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ४ : ५५ बजे

दुई साताअघि बेपत्ता एक युवकको शव फेला

बर्दिया । दुई साताअघि बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न जाँदा

इरानसँग वार्ता भएको ट्रम्पको दाबीलाई इरानद्वारा अस्वीकार

काठमाडौँ । इरानसँगको युद्ध अन्त्य गर्न सकारात्मक वार्ता भएको खुलासा

एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गत फागुन २१ गते

तिनाउ खोलामा बेपत्ता २ भारतीय किशोर मृत अवस्थामा फेला परे

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित तिनाउ खोलामा डुबेर बेपत्ता

रवि लामिछानेको रिट ‘हेर्दाहर्दै’ मा मङ्गलबार सुनुवाइ हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित