६ बैशाख २०८१, बिहिबार | April 19, 2024

द ब्रिटिस कलेजमा ‘विकेण्ड इएमबिए प्रोग्राम’ सेप्टेम्बरदेखि सञ्चालन हुने



काठमाडौ। द ब्रिटिस कलेजमा सेप्टेम्बरदेखि विकेण्ड इएमबिए प्रोग्राम सुरु हुने भएको छ ।

बेलायतको लिड्स बेक्केट विश्वविद्यालयसँग पार्टनरसिपमा सञ्चालित ब्रिटिस कलेज, ब्रिटिस विकेण्ड इएमबिए कार्यक्रम सञ्चालन गर्ने नेपालको एकमात्र संस्था हो ।

आफ्नो काम र व्यक्तिगत जीवनलाई सन्तुलित राख्दै यो डिग्री हासिल गर्न चाहने व्यवसायिकहरुका लागि यो परिवर्तनकारी नेतृत्व पाठ्यक्रम बनाइएको हो । अब झन् यो सहज र सन्तुलित बनाइएको छ । यो प्रोग्रामको करिकुलम निकै लचिलो रहेको कलेजले जनाएको छ ।

यो प्रोग्राम विद्यार्थीहरुलाई शुक्रबार साँझ, शनिबार बिहान र दिउँसो र प्रत्येक दोस्रो आइतार कक्षाहरु सञ्चालन हुनेछन् । विद्यार्थीहरुले काम गर्दै सहज र सरल रुपमा अध्ययन गर्ने वातावरण द ब्रिटिस कलेजले उपलब्ध गराउन लागेको हो ।

इएमबिए अध्ययन गर्न आवेदन दिन चाहने विद्यार्थीले करिब दुई वर्षको व्यवस्थापकिय अनुभव हुनुपर्नेछ । वरिष्ठ व्यवस्थापन र नेतृत्वदायी भुमिकामा खेल्ने व्यवसायिकहरुलाई यस विषयले लक्षित गर्छ । ब्रिटिस कलेजले आफ्नो नेटवर्कमार्फत विद्यार्थीहरुलाई अवसरहरु जस्तैः प्रमुख उद्योग सल्लाहकार बोर्डसँग भेट्ने, कन्सलटेन्सी प्रोजेक्टमा प्रदान गर्नेछ ।

ब्रिटिस कलेजमा विकेण्ड इएमबिए प्रोग्रामका लागि भर्ना सुरु भइसकेको छ । साथै, पहिलो इन्टेकमा अध्ययन गर्ने विद्यार्थीहरुले दुवई वा सिंगापुरमा अन्तराष्ट्रिय एक्सपोजर पाउनेछन् ।

प्रोगामबारे चर्चा गर्दै विजनेश स्कुलकी प्रमुख सुनिता बस्नेत भन्छिन्,‘पछिल्ले समय प्रतिस्पर्धा बढ्लो छ । विश्वले निरन्तर व्यवसायको स्केलेविलिटीको बारेमा मात्र नभई समाजमा योगदान पुर्याउन सक्ने नेतृत्वको माग गर्दै आइरहेको छ ।

यसले यो पाठ्यक्रमले नयाँ पुस्ताका लागि बाटो खुलाउनेछ । व्यवसायिक रुपमा काम गर्न यो प्रोग्रामले महत्वपुर्ण भुमिका खेल्नेछ । हामीले सोही कारण यो प्रोग्राम ल्याएका हौँ जसले व्यवस्थापकिय नेतृत्वमा र परिवर्तनको भुमिका खेल्न व्यवसायिकहरुको आवश्यकता पुरा गर्दछ ।’

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ४ : ५९ बजे

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम

मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विहीवार मन्त्री परिषद

बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै

बुटवल । बुटवलको ड्रिम इन्टरनेशनल होटलले साधारण शेयर (आईपीओ) जारी