२ चैत्र २०८२, सोमबार | March 16, 2026

पीस पार्क डान्स आइडलको उपाधि न्यू भिजनकी समृद्धिलाई



बुटवल । पीस डान्स आइडलको उपाधि बुटवल–१२स्थित रम्भादेवी ग्रुप आफ अर्गनाइजेशनद्वारा सञ्चालित न्यू भिजन माविकी समृद्धि पराजुलीले जितेकी छन् । शुक्रबार सम्पन्न ग्राण्ड फिनालेमा टप ५ को कडा प्रतिष्पर्धाबाट अन्यलाई पछि पार्दै उनले उपाधि जितेकी हुन् । उपाधिसँगै समृद्धिले नगद ३० हजार,प्रमाणपत्र, मायाको चिनो, म्यूजिक भिडियोमा अवसर लगाएत प्राप्त गरेकी छन् ।

त्यस्तै प्रतियोगितामा न्यू भिजनकै आलिया केसी तृतिय भएको विद्यालयकी नृत्य प्रशिक्षक रजनी श्रेष्ठले बताइन् । कक्षा ५ मा अध्ययनरत आलियाले तृतियको उपाधिसँगै नगद रु १० हजार, प्रमाणपत्र,मायाको चिनो प्राप्त गरेकी छन् । प्रतियोगितामा सैनामैनास्थित लिटिल बर्डस् इ.स्कूलका सम्राट केसी द्धितिय भएका छन् । उनले नगद २० हजार, प्रमाणपत्र र मायाको चिनो प्राप्त गरेका छन् ।

फाइनल प्रतियोगितामा सहभागी रम्भादेवी ग्रुप अफ अर्गनाइजेशनका प्रबन्ध निर्देशक मनोज बस्नेतले आफ्नो विद्यालयका विद्यार्थीहरुको प्रतिभा र प्राप्त सफलताबाट हर्षित भएको बताए । त्यस्तै प्रिन्सिपल केशव श्रीषले विद्यार्थीलाई अध्ययनसँगै समय सापेक्ष अतिरिक्त क्रियाकलापमा पनि सहभागी गराउनु पर्नेमा जोड दिए भने भाइस प्रिन्सिपल कमल खनालले विद्यार्थीले प्राप्त गरेको सफलताबाट विद्यालय परिवार हर्षित भएको बताउँदै विद्यार्थी,आयोजक, अभिभावक लगाएत सहकर्मीहरुको साझा प्रयासले नै सफलता प्राप्त गरेको बताए ।

जय माता दि अम्यूजमेण्ट एण्ड इभेण्ट म्यानेजमेण्ट प्रा.लि.को आयोजनामा बुटवल–१२ पीस पार्क नजिकै आयोजित पीसपार्क रमाइलो मेला–२०७९ अन्तर्गत सम्पन्न पीस पार्क डान्स आइडलमा करिब ५० जनाले सहभागिता जनाएको प्रतियोगिताका संयोजक सुन्दर गुरुङले जानकारी गराए । १२ दिनसम्म चलेको प्रतियोेगिताको सहसंयोजकमा सहसंयोजकको रुपमा मिलन एसकले साथ दिएको उनले बताए । त्यस्तै शुक्रबार सम्पन्न पीसपार्क रमाइलो मेलामा मम्मी डान्स आइडल पनि सम्पन्न भएको छ । जसको उपाधि मेनका श्रीषले जितेकी छन् भने क्रमशः यली बुढामगर र यली शाह द्धितिय र तृतिय भएका छन् ।

‘जोगाऔं संस्कृति खोजौं नेपालीपन, स्वास्थ जीवनकालागि मनोरञ्जन’ भन्ने मूल नारासहित पहिलो पटक आयोजित मेला सफलताका साथ सम्पन्न भएको आयोजक जय माता दी एम्यूजमेण्ट एण्ड इण्टरटेनमेण्ट प्रा.लि.का प्रबन्ध निर्देशक राजवीर जयसवालले बताए ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ५ : १९ बजे

दुई छोराछोरीसहित आमा सम्पर्कविहीन

कर्णाली । सुर्खेतको गुर्भाकोट नगरपालिका-११ पिप्ले गाउँकी माया कठायत दुई

वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

काभ्रेपलाञ्चोक । पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको हाल स्थायी रूपमा

बागमती प्रदेश सरकारको आठ महिनाको खर्च १७ दशमलव १२ प्रतिशत

बागमती । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को

नवलपरासी कारागारका १८० कैदी अझै फरार

नवलपरासी । ‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न तनावग्रस्त परिस्थितिका कारण नवलपरासी

म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र

म्याग्दी । म्याग्दीको बेनी–दरबाङ सडक आयोजनाअन्तर्गत तेस्रो (रणवाङ–दरवाङ) खण्ड अलपत्र