१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

१२ वर्षीया बालिका बलात्कार आरोपमा तीन किशोर पक्राउ



बझाङ । बझाङको बुंगल नगरपालिकामा बालिका बलात्कारको आरोपमा तीन किशोर पक्राउ परेका छन् । बुंगल नगरपालिका वडा नम्बर १ की १२ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा सोही ठाँउका तीन जना किशोरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बालिकाका आफन्तले दिएको जाहेरीका आधारमा प्रहरीले सोही ठाँउका १४, १५ र १६ वर्षीय किशोरलाई पक्राउ गरेको हो । जेठको दोस्रो साता बालिकाका आमाबुबा रोपाइँमा गएको बेला तीनै जनाले सामूहिक बलात्कार गरेको पीडित पक्षको आरोप छ ।

तीनै जनाले बलात्कार गरेको कुरा कसैलाई भनेमा मार्ने धम्की दिएको पीडित पक्षको भनाइ छ । बालिकाको स्वास्थ्यमा समस्या देखिएपछि सोधपुछ गर्दा बलात्कार भएको बताएपछि जाहेरी दिन ढिलाइ भएको पीडितले जनाएको छ । उनीहरूलाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ७ : २३ बजे

अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने

काठमाडौँ । जिल्ला प्रशासन कार्यालयले अब काठमाडौँमा पनि हुलाकमार्फत राहदानी

बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बुधबार साँझदेखि देशका

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा निर्मल ढकाल नियुक्त

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशक सहसचिव निर्मल ढकाल

बुटवलमा ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य परीक्षण अभियान सुरु

बुटवल । बुटवल उपमहानगरपालिकाले ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी लिन

सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित

बेनी । सीमा निर्धारण नहुँदा भारत र चीन जोड्ने कालीगण्डकी