४ पुस २०८२, शुक्रबार | December 19, 2025

रसुवागढी नाकाबाट ११ महिनामा ३ सय ३५ टन चिनियाँ खाद्य सामग्री आयात



रसुवा । रसुवागढी नाकाबाट चालु आर्थिक वर्षको ११ महिनामा ३ सय ३५ टन खाद्य सामग्री आयात भएको छ । नाकाबाट सामग्री आयात अनियमित हुँदा खाद्य सामग्रीको आयातमा पनि केही कमी आएको छ । खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रसुवाको अनुसार नेपालमा रहेका चिनियाँ नागरिकले चिनियाँ खाद्य सामग्रीको प्रयोग गर्ने गरेका छन् ।

चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म सबैभन्दा बढी फल तथा सागपातजन्य सामग्रीको आयात बढी भएको छ । जसमा सोया सस तथा अचार छन् । यो ९६ टन आयात भएको छ ।

कार्यालयको तथ्यांक अनुसार फल तथा सागपातजन्य ९६ टन, खाद्यान्न दलहन तथा अन्य ३९ दशमलव २ टन, मसलाजन्य १४ दशमलव ९३, मासुजन्य २५ दशमलव ०८, दूधजन्य ८ दशमलव १५, चिया तथा कफीजन्य ३८ दशमलव ४५ टन, माछाको अचार १४ दशमलव ४ टन र बदाम, सिजनिङ पाउडर, अजिनामोटो, रेड बिन पेस्ट, डोमा लगायतका ९३ दशमलव १४ टन खाद्य सामग्री आयात भएको हो ।

चीनबाट सोया सस, भिनेगर, अचार, पीठो, सिन्के चाउचाउ, सिजनिङ पाउडर, छुर्पी, डोमा, भोटे चिया, चिकेन सुप, भेजिटेबल सुप, रेड बिन पेस्ट, चामल आदि सामग्रीको आयात हुने गरेको छ । नाकाबाट खाद्यान्न दलहन तथा अन्य प्रकारका सामग्रीको आयात बढी हुने गरेको कार्यालयले जनाएको छ ।

चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्ममा गएको वर्षको तुलनामा खाद्य सामग्रीको आयात बढेको खाद्य अनुसन्धान अधिकृत नवीन देउवाले बताउनुभयो । अहिले एकद्वार प्रणाली लागू भएपछि इर्पोट पर्मिट नलिएकाको सिस्टमले नै भन्सार गर्न नमिल्ने भएकोले परीक्षण गर्नेको सङ्ख्या पनि बढेको छ ।

रसुवागढी नाकाबाट आयात भएका चिनियाँ खाद्य सामग्रीको नमुना परीक्षण बढेको छ । कार्यालयका अनुसार साउनदेखि जेठ मसान्तसम्ममा कार्यालयले २ सय ९७ थान खाद्य सामग्रीको नमुना परीक्षण गरेको छ ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ७ : ४२ बजे

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा

महाधिवेशनले पार्टी एकतालाई नयाँ उचाईमा पुर्‍याएको छ : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका

नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक

काठमाडौं । नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि

महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा (एमाले)को ११ औँ महाधिवेशन सम्पन्न भएपछि पहिलो

मौसम प्रतिकुल हुँदा आन्तरिक उडान प्रभावित, आधा दर्जन विमानस्थल खुल्न सकेनन्

काठमाडौं । प्रतिकूल मौसमका कारण देशका आधा दर्जन विमानस्थल दिउँसोसम्म