१५ पुस २०८२, मंगलबार | December 30, 2025

बजेट निर्माणका क्रममा दलको घोषणा–पत्र माग



खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिकाले नयाँ बजेट निर्माणका क्रममा सबै दलसँग घोषणा-पत्र माग गरेको छ ।

आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणका लागि गाउँपालिकाले एमाले, कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी, नेकपा एकीकृत समाजवादी र राप्रपालाई पत्राचार गर्दै लिखित सुझावका साथमा गत ३० बैसाखमा सम्पन्न स्थानीय तहको निर्वाचनका बेला जारी गरेको आ-आफ्नो घोषणा-पत्र उपलव्ध गराउन भनेको हो ।

दलका घोषणा-पत्रमा उल्लेखित कतिपय प्रतिवद्धता गाउँपालिकाको बजेट निर्माणका क्रममा उपयुक्त र उत्कृष्ट हुनसक्ने भएकाले सुझावका साथमा घोषणा-पत्र माग गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले शुक्रबार पठाएको पत्रमा आगामी ६ असारसम्ममा बजेट निर्माणका क्रममा आवश्यक सुझावका साथमा घोषणा-पत्र उपलव्ध गराउन भनिएको छ ।

भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनबाट जन्तेढुंगामा गठबन्धनकातर्फबाट माओवादी केन्द्रका अरुणादेबी राई अध्यक्ष र कांग्रेसका खेमबहादुर खड्का उपाध्यक्षमा चुनिएका छन् ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ६ : ५४ बजे

समानुपातिकतर्फ ६३ दलले बुझाए बन्दसूची, कांग्रेसको सूची पर्खाइमा निर्वाचन आयोग

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

रास्वपाले चार कलाकारलाई समानुपातिक उम्मेदवार बनायो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते

मुक्तिनाथ-तेताङ चक्रपथ सडक निर्माण

मुस्ताङ । प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिर दर्शन गरेर वैकल्पिक

बुटवलमा आजदेखि तीनदिने ‘बुटवल सडक खाना महोत्सव-२०८२’ सुरु हुँदै

बुटवल । अंग्रेजी नयाँ वर्षको अवसर पारेर बुटवलमा आजदेखि तीन