१४ जेष्ठ २०८०, आइतबार | May 28, 2023

सहचालक खहरे खोलामा बेपत्ता



चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको खहरे खोलामा बसका सहचालक चिप्लिएर बेपत्ता भएका छन् । इच्छाकामना गाउँपालिका-५ स्थित खहरेखोलामा काठमाडौंबाट धनगढीतर्फ जान आउँदै गरेको ना६ख ७४६३ नंको बसका सहचालक आज बिहान चिप्लिएर बेपत्ता भएका हुन् ।

कैलालीको गोदावरी नगरपालिका बस्ने ३५ वर्षीय तेजबहादुर बोहोरा खहरेखोलामा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बसबाट झरेर चाउचाउ किन्न गएका बोहोराको एउटा चप्पल फेला परेको प्रहरीले जनाएको छ । अहिले बोहोराको खोजीका लागि सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारको टोली परिचालन गरिएको छ ।

 

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ९ : ०८ बजे

संसदीय सुनुवाइ समिति गठन, कुन दलबाट को को परे ?

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको संसदीय सुनुवाइ समिति गठन गरिएको छ

संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली पारित

काठमाडौं । संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन)

आर्थिक मन्दीको मारमा होटल ब्यवसायी, घरभाडा छुटको अपिल

बुटवल । आर्थिक समस्याको वर्तमान समयमा रुपन्देहीका होटल ब्यवसायीहरुले घरधनीलाई

प्रधानमन्त्रीको भारत भ्रमणअघि चिनियाँ कम्पनीहरु विरुद्ध सरकार आक्रमक, तमोरबाट पावर चाइनालाई आउट गरिँदै

काठमाडौं । तमोर जलाशययुक्त आयोजनाबाट पावर चाइनालाई बिदाइ गर्ने प्रक्रिया

रेशम चौधरीलाई आम माफी दिन राष्ट्रपतिसमक्ष सरकारको सिफारिस

काठमाडौं । सरकारले रेशमलाल चौधरीको बाँकी सजाँय मिनाहा गर्दै आममाफी