७ फाल्गुन २०८२, बिहिबार | February 19, 2026

बादी समुदायसँग दुई वर्ष अघि भएको सहमति कर्णाली सरकारले अझै पूरा गरेन



सुर्खेत । खेतीका लागि जग्गा व्यवस्थापनका लागि दुई वर्ष कर्णाली सरकार र बादी समुदायबीचमा भएको सहमति अझै पालन हुन सकेको छैन । १८ दिन लामो आन्दोलनपछि सरकारले बादी समुदायसँग सहमति गरेको थियो ।

२६ फागुन ०७७ मा भएको सहमतिमा बादी समुदायलाई जग्गा व्यवस्थापन, सीपमुलक ताालिम, व्याज अनुदानसँगै ऋण उपलब्ध गराउने उल्लेख छ ।

बादी संघर्ष समितिका संयोजक हिक्मत बादी भन्छन्, ‘सरकारले हामीलाई सहमति गरी घर पठायो । तर सहमतिमा लेखिएका पक्ष लिएर प्रदेश सरकार हाम्रो सामु कहिल्यै आएन ।’ तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको रोहवरमा बादी समुदायसँग भएको छलफलमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालिन सचिव राजेन्द्र मिश्रले कर्णाली प्रदेश सरकारका तर्फबाट सहमति पत्रमा हस्ताक्षर गरेका थिए ।

प्रदेश सरकार र संघर्षरत बादी समुदायबीच भएको पाँच बुँदे सहमतिमा मुख्यगरी जग्गा प्राप्ति, बादी समुदायका लागि सरकारले विभिन्न कार्यक्रम सञ्चालन गर्ने, नीति तथा कार्यक्रममा बादी समुदायका अधिकारलाई समेत समेट्ने, ऋण अनुदान लगायतको व्यवस्था गर्ने विषय समेटिएका थिए ।

तर हालसम्म पनि उक्त समयमा भएका सहमतिमा प्रदेश सरकार अघि नबढेको उनको आरोप छ । ‘सरकारले बादी समुदायसँग सहमति त ग¥यो । र सरकारका पक्षबाट सहमति कार्यान्वयनका लागि अघि बढिएन’, पाँच बुँदे सहमतिमा रोहबर समेत रहेका दलित गैरसरकारी महासंघका महासचिव जेवी विश्वकर्मा भन्छन्, ‘हामी पटक–पटक सरकारलाई सहमति कार्यान्वयन गर्न भनिरहेका छौं ।’

राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालयका प्रमुख मानबहादुर कार्की बादी समुदायको आधारभुत आवश्यकता परिपूर्तिको दायित्व राज्यको रहेको बताउँछन् ।

विभिन्न समुदायलाई सहयोग गर्ने उद्देश्यले कार्यविधि निर्माणको चरणमा अघि बढेको कर्णाली प्रदेश सरकारका प्रमुख सचिव राजकुमार श्रेष्ठ बताउछन् ।

कर्णालीको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर शाही भने सरकारले नीति तथा कार्यक्रम र बजेटमा समेत लक्षित वर्गका लागि विभिन्न कार्यक्रम समावेश गरेको बताउँछन् ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ९ : २८ बजे

रास्वपाका बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईँले त्यागे रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बागमती प्रदेशका उपसभापति

संविधान माथि भएको क्षतिको पूर्ति गर्न यो चुनावको ठूलो राजनीतिक महत्व छ : प्रथम राष्ट्रपति यादव

काठमाडौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण

निर्वाचनमा सरकारले सम्पूर्ण तागत लगाएको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयमुक्त

राष्ट्रपति पौडेल प्रजातन्त्र दिवस समारोहमा सरिक

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ को

नेकपा एमालेले आज घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं । नेकपा (एमाले)ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज